सातामा एक पटक व्रत बस्दा फाइदै फाइदा



Download our app to get more features

बडा दशैंको ९ दिनमा फरक फरक दुर्गा भवानीको पूजा गर्ने गरिन्छ । ती छुट्टा–छुट्टै दुर्गा भवानीको हिन्दु धर्ममा आ–आफ्नै महत्व र विशिष्ठता छ । दशैंभर पूजा गरिने ९ दुर्गा भवानीकै नाममा यो अवधिलाई नवरात्री पनि भनिन्छ । यी ९ रुपका दुर्गा भवानीको पूजाआजा गरेर दशैंभर हिन्दु धर्मालम्बीहरू व्रत पनि बस्ने गर्छन् ।

धार्मिक दृष्टिले मात्रै नभई वैज्ञानिक दृष्टिकोणले पनि व्रत बस्नु राम्रो मानिन्छ । व्रत बस्नाले स्वास्थ्यमा अनेक फाइदा हुन्छ । व्यवस्थित रुपमा स्वास्थ्यलाई असर नपर्ने गरी व्रत बस्दा निरोगी र रोगप्रतिरोधात्मक क्षमता बढ्ने cले पुष्टि गरिसकेको छ । 

व्रतका फाइदा 
आयुर्वेदको प्रसिद्ध ग्रन्थ चरक संहितादेखि आधुनिक उपचार पद्धतिमा पनि व्रत बस्नुको अनेक लाभ बारे व्याख्या भएको छ । व्रत बस्नाले पाचनतन्त्र दुरुस्त हुनुको साथै शरीरमा रहेको विषाक्त पदार्थ सजिलै शरीरबाट बाहिर निस्कन्छ । सातामा एक दिन व्रत बस्नाले कोलेस्ट्रोलको मात्रा कम हुन थाल्छ । जुन मुटुको धमनीका लागि फाइदाजनक हो । नियमित उपवास (व्रत) गर्नाले शरीरको तौल पनि कम हुन्छ । जब हामी व्रत बस्छौँ त्यस बेला कयौं घन्टासम्म केही खाँदैनौ, जसले शरीरमा बोसोयुक्त कोषहरू पग्लन थाल्छ र तौल कम हुन थाल्छ ।

व्रतले बढाउँछ रोग प्रतिरोधात्मक क्षमता
व्रत बस्नाले शरीरमा रोग प्रतिरोधात्मक शक्ति वृद्वि हुन्छ । शरीरको सबै भागमा उर्जा प्रवाह हुन थाल्छ । मनमा शान्ति र दिमाग तेज हुन थाल्छ । व्रत बस्नाले शरीर हलुका भएको तत्काल महसुस हुन्छ । 
तर, शारीरिक रुपले कम्जोर र गम्भीर रोग लागेका व्यक्ति व्रत बस्नु हुँदैन । विषेशगरी गर्भवतीले व्रत बस्नु हुँदैन । किनकी यस्तो अवस्थामा व्रत बस्दा गर्भमा रहेको शिशुको स्वास्थ्यमाथि असर पर्न सक्छ । यस्तै स्तनपान गराइरहेका महिलाले पनि व्रत बस्नु हुँदैन । साथै व्रत बसेको दिन धेरै परिश्रम गर्नु हुँदैन । यदि व्रत बसेको बेला रिंगाटा लाग्ने गर्छ भने एक गिलास ग्लुकोज वा चीनी पानी पिउनु राम्रो हुन्छ । किनकी शरीरमा ग्लुकोजको मात्रा कम हुँदा यस्तो हुन्छ । व्रत सकिए लगत्तै धेरै खाना खानु पनि हुँदैन । केही सामान्य र सादा खाना खानु शरीरका लागि फाइदा हुन्छ । 

व्रतका बेला खाएको पानी औषधि बराबर
व्रत बसेका बेला समय समयमा वा प्रत्येक एक–एक घन्टामा पानी पिउनु पर्छ । व्रतका बेला जति धेरै पानी पिइन्छ यसले शरीरमा त्यति नै फाइदा हुन्छ । यो बेला पिएको पानीले शरीरमा भएका विकार नष्ट गर्न मद्दत गर्छ । यसरी शरीरका बिकार बाहिरिने क्रममा केही अस्वभाविक अनुभव हुन सक्छ । जस्तैं टाउको दुख्ने, पेट दुख्ने, वान्ता हुने, रिंगाटा लाग्ने आदि । तर, यी प्रक्रियाबाट डराउनु हुँदैन । व्रत तोड्ने पनि तरिका हुन्छ । व्रत तोड्नका लागि एक गिलास ताजा फलफूलको जुस पिउने । त्यसपछि उमालेको तरकारी र रोटी खानु राम्रो हुन्छ । 

Last modified on 2017-09-30 10:14:38

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts