यसरी थाहा पाउने योनीको क्यान्सर

(भिडियोसहित )



Download our app to get more features

क्यान्सर दीर्घ र नसर्ने रोग हो । यो रोगलाई निकै भयावह रोगको रुपमा लिइन्छ । क्यान्सर जुनसुकै उमेर समूह र लिंगका मानिसमा हुनसक्छ । विशेषतः महिलामा लाग्ने क्यान्सर मध्ये योनी  क्यान्सर एक हो । योनी क्यान्सर के हो, कसरी लाग्छ र कसरी बच्ने भनी स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सृष्टि श्रेष्ठ प्रजापतीले यस्तो सुझाब दिएकी छन् । 

कुनै समय क्यान्सरको उपचार असम्भव मानिन्थो । तर, वैज्ञानिक आविष्कारसँगै क्यान्सरको प्रकृति हेरी उपचार सम्भव भएको छ । महिलामा लाग्ने क्यान्सर मध्ये योनी क्यान्सर पनि एक हो । यौनाङ्गका कोषिकाहरू असामान्य रुपमा वृद्धि भई त्यसको नकारात्मक प्रभाब देखिनु नै योनीको क्यान्सर हो । 

योनीकोे क्यान्सर पाँच प्रतिशत महिलामा लाग्ने गरेको विभिन्न अध्ययन प्रतिवेदनको तथ्यांकमा उल्लेख छ । योनीको क्यान्सरबाट धेरै महिला पीडित छन् । योनीको क्यान्सर हुने कारण यस्ता छन् । 

♦    ह्युमन प्यापुलमा भाइरसको संक्रमण ।

♦   कुनै पनि छालामा लाग्ने रोगलाई बेवास्ता गर्दा योनीको क्यान्सरको रुपमा परिणत हुन सक्छ ।

♦    धेरै व्यक्तिसँग यौन सम्पर्क राख्नु ।

♦    योनी फोहोर राख्नु । महिनावारी भएको बेला फोहोर कपडा वा प्याडको प्रयोग गर्नु । (जसले गर्दा योनीमा संक्रमण हुन्छ र पछि यही संक्रमण क्यान्सरमा परिणत हुन्छ ।)
यो क्यान्सर महिनावारी सुकेका माहिलामा बढी सम्भावना हुन्छ ।

लक्षण :

♦    योनीको बाहिरी भागको छालाको रंग सेतो सेतो देखिने गरि परिवर्तन हुनु ।

♦    योनी वरीपरिको छाला चिलाउनु ।

♦   योनी पोल्नु ।

♦    सेतो पानी बग्नु ।

बच्ने उपाय :

♦    सधैं योनी सफा राख्ने । 

♦    धेरै व्यक्तिसँग यौन सम्पर्क नराख्ने । 

♦    स्वस्थ खानपानमा ध्यान दिने ।

♦    कम्तीमा वर्षको एक पटक योनी परीक्षण गराउने ।

♦    हाम्रो समाजमा यौनाङ्गमा लाग्ने रोगको बारेमा खुलेर अझै पनि कुरा गर्न संकोच मानिन्छ । जसले गर्दा योनीमा धेरै रोग लाग्ने सम्भावना बढी छ । यस्तो अवस्था आफैले बेला बेलामा योनीको राम्ररी अवलोकन गर्ने ।

♦    कुनै संका लाग्न साथ गराउने परीक्षण ।

भिडियो हेर्नुहोस् :  


Last modified on 2017-09-27 11:22:32

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Mero yoni chilako 7mahina vayo sadhai chilaune vanda pani kahile kahi dashain agadi dherai chilayo hospitalma hadtal vayeka karan sodheko varma ausadhi khaye niko pani vayo yo vanda pahile thapathalima check garauda ma mahinabari vayeko bela vayera cancer cha chaina check garna milena vane doctor le tara ahile malai aajbat pisab garda polne ra dukhacha k yo cancer ko lakchan ho?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts