ग्रान्डी अस्पतालमा प्रकोप व्यवस्थापन अभिमुखीकरण सम्पन्न

What's This?


Download our app to get more features

फागुन १४, काठमाडौं । राजधानीस्थित ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा प्रकोप व्यवस्थापन अभिमुखीकरण तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । 
त्रिवि शिक्षण अस्पतालका प्राध्यापक तथा ‘हस्पिटल होप’ का राष्ट्रिय प्रशिक्षक डाक्टर प्रदिप बैद्यले प्रकोप व्यवस्थापन सम्बन्धमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा भइरहेका कार्यहरू, प्रकोप व्यवस्थापन योजनालगायतका विषयमा प्रशिक्षण दिए । त्यसैगरी ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. अजय सिं थापाले भूकम्प र त्यसले हामीलाई सिकाएको पाठ र आगामी दिनमा अपनाउनुपर्ने सजगताबारे अनुभव आदान प्रदान गरेका थिए ।
ग्रान्डी अस्पतालमा कार्यरत डाक्टर, नर्सिङ स्टाफ तथा कर्मचारीहरुलाई प्रकोप व्यवस्थापनबारे अभिमुखीकरण गराउन र नेपालसँगै बिश्वका बिभिन्न अस्पतालमा प्रकोप व्यवस्थापनका विषयमा भइरहेका कामहरूको जानकारी तथा अनुभव आदान प्रदान गर्न कार्यक्रम आयोजना गरिएको अस्पताले जनाएको छ ।

 

Last modified on 2016-02-26 15:17:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts