आगलागीले सखाप भएका बस्तीमा महामारी फैलनसक्ने खतरा !

What's This?


Download our app to get more features

काठमाण्डौं, २२ वैशाख । लामो समयदेखि वर्षा नभएका कारण मुलुकका विभिन्न भागमा खडेरीका चपेटामा सर्वसाधारण परेका छन् । अझ गर्मी याममा अत्यन्तै सुख्खा र हावाहुरी चल्ने गरेकाले मुलुकका विभिन्न स्थानमा आगलागीका घटनाहरु दिनहुँ बढीरहेका छन् ।
जंगल र बस्तीमा भएका आगलागीका कारण करोडौंको धनमाल, महत्वपूर्ण जडिबुटी, जंगली तथा घरेलु जनावर र वनस्पति नस्ट भएका छन् । त्यति मात्र होइन आगलागीका कारण मुलकका विभिन्न स्थानमा १० जनाकको मृत्यु भएसकेको छ भने दुइ दर्जन भन्दा बढी मानिस घाइते भएका छन् ।
हरेक जसो दिन बजार, बस्ती, जंगल आगो लागेको समाचारहरु आइरहेका छन् । आगलागीका कारण सखाप भएका बस्ती र वनमा महामारी फैलन सक्ने पनि उत्तिकै संभवना रहेको छ ।

लामो समयदेखि वर्षा नभएकाल पानीमा मुहानहरु सुुकेका छन् । जसको कारण पीडितहरुले सफा पानी पिउन नपाउने र मरेका जंगली जनावर तथा चौपायहरुको समयमै उचित व्यवस्थापन गर्न नसक्दा प्रकोप फैलन सक्ने चिकित्सकहरु बताउँछन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार खानेपानीका मुहानमा संक्रमण फैलन सक्ने भएपनि सबै स्वास्थ्य संस्थामा औषधि पुर्याइएको छ ।
महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले आगलागी प्रभावित क्षेत्रमा झाडापखाला र आउँजस्ता रोग फैलन सक्ने बताए ।
उनले रोग गर्मीको समयमा महामारी फैलन नदिन महाशाखाले देशैभरी अत्यावश्यक औषधिको व्यवस्था गरेको पनि जानकारी दिए । आगलागी प्रभावित क्षेत्रमा क्लोरिन, पोटासियम पठाइसकेको महाशाखाले जनाएको छ । स्वास्थ्य चौकीमा छन् ।

 

Last modified on 2016-05-03 12:52:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts