चिनेर च्याउ खाँदा फाइदै फाइदा
उच्च रक्तचाप हुनेले च्याउ खाँदा राम्रो
एजेन्सी, २७ भदौ । च्याउ नेपाली भान्सामा पाकिरहने तरकारी मध्ये एक हो ।
अर्गानिक तरिकाले घर वा फार्ममा उत्पादन गरेको च्याउ मानव स्वास्थ्यका लागि निकै उपयोगी हुने भए पनि जथाभावी उम्रिएका तथा जगंली च्याउ खाँदा भने होश पुर्याउनुपर्छ । च्याउ खाँदा जथाभावी उम्रेका जङगली च्याउ खानु हुँदैन । घरमा वा फार्ममा व्यवसायिक रुपले उत्पादन गरिएका च्याउमा भिटामिन ‘बी’सहित विभिन्न प्रकारका खनिज तत्व पाइन्छ । सेलेनियम, तामा, फस्फोरस, पोटासियम, चिल्लो पदार्थ, कार्बोहाड्रेड भएको च्याउ उच्च कोटीको तरकारीमा ग
तर, च्याउमा ऊर्जा स्रोत अर्थात क्यालोरी अत्यन्त कम हुन्छ । टिपेर जम्मा गरेको च्याउमा अल्ट्राभायोलेट अर्थात युभी किरण दिएपछि भिटामिन ‘डी’ पर्याप्त बनाउन सकिन्छ । संसारमा एक लाख ४० हजार प्रकारका च्याउ पाइन्छ । तीमध्ये १० प्रतिशत च्याउसँग मात्रै हालसम्म मानिसको ज्ञान र पहुँच छ । नेपालको कर्णाली क्षेत्रका जंगलमा पाइने मोरेल, गुच्ची नामका च्याउहरू अति महँगा छन् । पाउल स्टामेटस् नामक विश्वविख्यात च्याउविज्ञले एक सय प्रजातिका च्याउबारे ६ वटा पुस्तक लेखेका छन् । जसमा उनले च्याउबाट मानव स्वास्थ्यलाई हुने फाइदाका बारेमा अनुसन्धानमूलक विश्लेषण गरेका छन् ।
यसमध्ये ६ किसिमका च्याउले हाम्रो शरीरको रोगप्रतिरोधात्क क्षमतालाई अद्भूत तरिकाले बढाउँछ । तर, अग्र्यानिक तरिकाले साह्रै सावधानीका साथ फलाइएको च्याउ मात्रै खान उनी सल्लाह दिन्छन् ।
उच्च रक्तचाप हुनेले च्याउ खाँदा राम्रो
पेन्सिलिन, स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिनजस्ता एन्टिबायोटिक औषधिहरू च्याउ समूहमा पर्ने विभिन्न फंगीहरूबाट सार निकालिएको कच्चा पदार्थबाट बनाइन्छ । उच्च रक्तचाप र शरीरको मोटोपन नियन्त्रण गर्न, हड्डी बलियो बनाउने भिटामिन ‘डी’ पर्याप्त पाउन, शरीरको रोगप्रतिरोधी क्षमता बढाउन च्याउ अत्यन्त राम्रो खाद्यवस्तु हो ।