गर्मीमा छाला जोगाउनुस् (भिडियो सहित)



Download our app to get more features

काठमाण्डौं, २० बैशाख ।  टन्टलापुर घाम, चर्को गर्मी र धुलोधुँवाले हैरान नभएको को होला र ? जसले गर्दा गर्मीयाममा छालामा समस्या देखिने क्रम पनि बढ्छ । गर्मीले विशेषगरी अनुहारको छालालाई डढाउने र मेकआप बगाउने हुँदा महिलाहरुले घर बाहिर निस्कँदा छाताको प्रयोग गरेको देख्न सकिन्छ । तापक्रम बढ्दै जाँदासुर्यबाट निस्कने पराबैजनी किरणले छालालाई असर गर्ने विशेषज्ञहरु बताउँछन् । त्यस्तैपसीना धेरै आउने र धुलो, धुवाका कारण पनि छालासमस्या देखिने यौनरोग एवं सोन्दर्य विशेषद्द डाक्टर ललन खतिवडाले बताए । 
गर्मी मौसमा सबै भन्दा धेरै देखिने समस्या घामको एलर्जी हो । गर्मीका कारण शरीरमा रातो डाबर बिबिरा आउने, चिलाउने लगायत लक्षणका समस्या देखिन्छन् । यस्तो समस्या सिधै घाम पर्ने अनुहार, हात तथा घाँटीमा देखिने छालामा बढि देखिन्छ । शरीरमा पसीना धेरै आएर गुम्सिने हुदा फंगल इन्फेसन हुने, काछ लाग्ने जस्ता समस्या पनि गर्मीको बेफाइदा हो । गर्मीका कारण अनुहारमा चिल्लोपना बढी आउने हुदा दिनमा २÷३ पटक मुख नधोए अनुहारमा पोतो आउनसक्ने डाक्टर खतिवडाले बताए । गर्मीमा कपालको चायाले अनुहारमा सेतो, फुर्सो भएर चिलाउने हुन्छ । 


यस्ता समस्याबाट जोगिन घर बाहिर निस्कँदा ‘सनब्लक’ कोे प्रयोग गर्न, माक्सको प्रयोग गर्न, शरीर पुरै छोप्ने गरी पातलो कपडाको प्रयोग गर्न डा. खतिवडा सुझाब दिन्छन् ।  गर्मीले गर्दा एलर्जी वा फंगल इनफेक्सन भएमा यसको निकर््योल गरेर उपचार गर्नु पर्ने हुन्छ । रातो डावर आएमा यसलाई सामान्य लिनु हुदैन । इन्फेक्सनका कारण यस्तो समस्या आउने हुदाँ एक पटक जाँच गर्नुपर्ने चिकित्सक बताउँछन् । यस्तो अवस्थामा बिहान बेलुका नुहाउने तथा पसीना सोस्ने सुतीको कपडा लगाउने गर्नु पर्छ । 
सनबल्कको प्रयोग प्राय जसो घरबाहिर गरेको पाइन्छ । तर यसको प्रयोग बिहान ८ बजे, दिउसो १२ बजे र ३ बजे गरी दिनमा ३ पटकसम्म प्रयोग गर्न चिकित्सकले सल्लाह दिएका छन् । 

भिडियो पनि हेर्नुहोस् । 

 

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts