के २४ घण्टाभित्र उपचार नभए एपेन्डिसाइटिसबाट मानिसको मृत्यु हुन्छ ?

(भिडियो सहित)



Download our app to get more features


एक्कासि अत्याधिक पेट दुख्यो भने शंका गर्नुस् ,कतै एपेन्डिसाइटिस् त भएको छैन ? के हो एपेन्डिसाइटिस् ? एपेन्डिक्स, ऐपेन्डिसाइट, एपेन्डिसाइटिस् लगायत विभिन्न नामले चिनिने यो समस्याको उपचार ढिला भए ज्यान नै जानसक्छ । जनरल सर्जन (साधारण शल्यचिकित्सक) डाक्टर अजय पराजुली यसो भन्छन् ।

एपेन्डिसाइटिस् भनेको के हो ?

एपेन्डिसाइटिस् आकस्मिक रुपमा देखापर्ने समस्या हो । यो रोग बच्चादेखि वृद्धावस्थाका जो कोहीमा पनि देखापर्न सक्छ ।

एपेन्डिसाइटिस मानव शरीरको पेट भएसँगै दाहिने कम्मरको माथि रहेका सानो आन्द्रा र ठुलो आन्द्रा जोडिएको भागको पछाडि पाइप जस्तो ८ देखि १० सेन्टीमिटर लामो भाग हुन्छ त्यसलाई नै एपेन्डिसाइटिस् भनिन्छ ।

एपेन्डिसाइटिस् हुने मूख्य कारण 

एपेन्डिसाइटिस् विविध कारणले सुन्नियो भने यसको भितामा रहेका रक्त नलीहरुमा चाप पर्छ । यस्तो चापले नशाहरु बन्द हुन थाल्छन् । त्यसपछि असह्य पेट दुख्ने लगायतका समस्या देखापर्छन् । यही एपेन्डिक्स सुन्निनुलाई नै एपेन्डिसाइटिस् भएको भन्ने गरिन्छ ।

लक्षण :

  • नाइटो वरीपरीको भागबाट दुखाई सुरु भई दाहिने कम्मरको माथितिर दुखाई सर्नु ।
  • कोहीकोहीलाई सुरुमा वान्ता हुनु ।
  • ज्वरो आउनु ।
  • श्वास फेर्न गाह्रो हुनु ।
  • खाना मन नलाग्ने ।

एपेन्डिसाइटिस् परीक्षण गरेर थाहा हुन्छ । तर यो धेरै लक्षणकै आधारमा थाहा हुन्छ । भिडियो एक्सरे गर्दापनि ५० प्रतिशत मात्र पत्ता लाग्ने गरेको छ ।

उपचार शल्यक्रिया मात्र

यो रोग लागेपछि यसको उत्तम उपचार पद्धति भनेकै शल्यक्रिया गरेर यसलाई फ्याल्ने हो । शल्यक्रिया गर्दा पुरानो पद्दति चिरेर वा आधुनिक पद्धति ल्याप्रोस्कोपी दुबै अवलम्बन गर्न सकिन्छ ।

एपेन्डिसाइटिस् हुदा बेलैमा उपचार नभए मृत्यु

एपेन्डिसाइटिस्को २४ घण्टा भित्र उपचार भएन भने मृत्यु हुन्छ भन्ने समाजमा भ्रम रहँदै आएको छ । तर यही स्पष्ट आधार हैन । र पनि जतिसक्दो छिटो उपचार गराउनु पर्छ भन्ने संकेत भने हो । एपेन्डिसाइटिस् सुन्नियो भने समयमै उपचार नगर्दा फुट्न सक्छ । पछि संक्रमण भई शरीर भरी फैलिन्छ र मानिसको मृत्यु हुन्छ । यस अर्थ यसकोल शंका लाग्ने बित्तिकै विशेषज्ञकोमा उपचार गराउनुपर्छ ।

भिडियो हेर्नुहोस्

Last modified on 2017-09-07 13:12:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts