औषधि व्यवस्था विभागद्धारा भरतपुरका चार फार्मेसीमा तालाबन्दी

What's This?


Download our app to get more features

फागुन १३, चितवन । औषधि व्यवस्था विभागले बुधबार भरतपुरका औषधी पसलहरुको अनुगमन गरी चारवटा फार्मेसीले अवैधानिक काम गरेको भन्दै बन्द गराएको छ ।


भरतपुरस्थित स्वीकृति आयुर्वेदिक औषधालय, प्रदिमा फार्मेसी, साकार मेडिकल हल र पुल्चोकको नारायण फर्मामा दर्तावाल व्यक्ति नरहेर अन्य व्यक्तिले औषधि बेचेको पाएपछि ती फार्मेसी बन्द गराइएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्र शर्माका अनुसार १२ वटा फार्मेसीमा अनुगमन गरिएकोमा ती फार्मेसीमा सम्बन्धित व्यक्ति नरहेकाले तालाबन्दी गरिएको हो ।सम्बन्धित व्यक्ति उपस्थित भएपछि मात्रै फार्मेसी सञ्चालन गर्न विभागको टोलीले निर्देशन पनि गरेको छ । टोलीले पोखरा बसपार्क, पुल्चोक हुँदै भरतपुरको कलेज अफ मेडिकल साइन्सेसभित्र रहेका चारवटा फार्मेसीको पनि अनुगमन गरेको थियो ।

मेडिकल कलेजको फर्मेसीका सम्बन्धमा पनि विभिन्न गुनासा आएकाले आकस्मिक निरीक्षण गरेपनि हालका  त्यस्तो केही नभेटिएको शर्माले बताउनुभयो । त्यस्तै, प्रमाणपत्र नवीकरण नभएका र बिलमा मिति र ब्याच नम्बर उल्लेख नगर्नेलाई यथाशक्य छिटो ती सबै समावेश गर्न टोलीले निर्देशन दिएको छ ।

अनुगमन टोलीमा विभाग, विभागको क्षेत्रीय कार्यालय वीरगन्ज र जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि सहभागी थिए ।

रासस

Last modified on 2016-02-25 21:53:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts