इन्सेफ्लाईटिसबाट बच्ने पाँच टिप्स



Download our app to get more features

बीबीसी, १७ भदौ । भारतका विभिन्न अस्पतालमा मस्तिष्क ज्वरो अर्थात इन्सेफ्लाईटिस रोगका कारण दैनिक करिब दुई जनाको मृत्यु हुने गरेको छ । यसमध्ये धेरैजसो बालबालिका छन् ।

गोरखपुरस्थित बीआरडी मेडिकल कलेजमा केहि दिन अघिमात्रै इन्सेफ्लाईटिसबाट ४२ बालबालिकाको मृत्यु भएको थियो । प्रत्येक वर्ष मस्तिष्क ज्वरोका कारण भारतमा मात्रै ५ सय भन्दा बढी व्यक्तिको मृत्यु हुनेको गरेको बीबीसीले लेखेको छ । यो रोगको जोखिम अझै पाँच महिना सम्म उच्च रहने स्वास्थ्यकर्मीहरूले जनाएका छन् । यो बीचमा अझै कति जनाले ज्यान गुमाउनु पर्ने हो थाहा छैन् । खासगरी नवजात शिशुको मृत्युदर भारी मात्रामा वृद्धि भइरहकोमा चिन्ताको विषय बनेको छ । भारतको राघवदास मेडिकल कलेजका पूर्व प्राचार्य तथा बालरोग विशेषज्ञ प्राध्यापक केपी कुशावाहाले इन्सेफ्लाइटिसबाट बच्ने ५ उपाय सुझाएका छन :—

१. सरसफाईमा जागरुकता 

इन्सेफ्लाइटिस मात्र नभएर नवजात शिशुको मृत्युको कारण सरसफाईको कमी पनि एक कारण हुने गरेको छ । ग्रामीण क्षेत्रमा अहिले पनि घरमै बच्चा जन्माउने चलन व्याप्त छ । जसका कारण नवजात शिशुमा संक्रमण हुने सम्भावना उच्च रहन्छ । 

२. स्वास्थ्य चेतना सबै तहमा पुर्याउनु जरुरी

नवजात शिशुलाई इन्सेफ्लाइटिस भएपछि अस्पताल पुर्याउँदासम्म बच्चाको मस्तिष्टक ५० प्रतिशत ‘ड्यामेज’ भइसक्छ । समयमा उपचार नपाएमा शिशुको मस्तिष्कमा अक्सिजनको आपूर्ति रोकिन थाल्छ र मुटु तथा मृगौलाले काम गर्न छोड्छ र मृत्यु हुन्छ । यसकारण ठूला अस्पतालमा मात्र यो रोगको उपचार हुने व्यवस्थाको अन्त्य हुनुपर्छ । ग्रामीण भेगका स्वास्थ्यचौकीमा पनि यो रोग पत्ता लगाउने र उपचार गर्ने विज्ञ तथा चिकित्सक हुनुपर्छ । 

३. स्तनपानको महत्व बुझाउँ

नवजात शिशुमा देखिने कतिपय समस्या स्तनपानले कम गर्छ । यसको महत्व ग्रामीण स्तरका मानिसलाई बुझाउन निकै आवश्यक छ । 

४. भीडभाडमा सावधानी

अस्पतालमा बिरामी राख्दा पनि एउटा बिरामी र अर्को बिरामीको दूरी कम्तिमा तीन फिट रहनुपर्छ । तर अस्पतालमा बिरामीको चापका कारण एउटै बेडमा तीन जनासम्म राखेर उपचार गरिएको अवस्था छ । यसले रोग निको हुनुभन्दा झन् बल्झिछ । 

५. उपकरण सफाई

अस्पतालका उपकरण वर्षमा एक पटक मात्रै सफा गर्ने परीपाटीले पनि नवजात शिशुको मृत्युदर बढ्ेको हो । यस्ता उपकरणहरु दैनिक सफा गर्नुपर्छ । 
 

Last modified on 2017-09-02 13:58:04

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts