अभिनेता सरोज खनाल अस्पतालमा

काठमाडौं, १६ भदौ
मिगौलामा पत्थरी देखिएपछि अभिनेता सरोज खनाल काठमाडौं बल्खुस्थित वयोधा अस्पतालमा भर्ना भएका छन् । उनी बुधबार अस्पतालमा भर्ना भएका हुन् । उनको बुधबार नै शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।
खनालको उपचार यूरोलोजिष्ट डा. संजय खड्गीको नेतृत्वमा सम्पन्न भएको थियो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।