व्रतका बेला यौनसम्पर्क राख्नु कति उचित ?



Download our app to get more features

काठमाडौं, ८ भदौ । आज अधिकांश हिन्दूधर्मालम्बी महिला तीजको व्रत बसिरहेका छन् ।

निराहार उपवास बसी श्रीमानको मंगल र दीर्घायुको कामना गर्दै सबेरैदेखि शिवालयमा पुजा अर्चना गरिरहेका छन् ।परापूर्व कालमा पार्वतीले भगवान शिवलाई  पति पाउँ भनि निराहार व्रत बसको र सोही व्रतका प्रभावले शिवलाइ पतिका रुपमा पाएको भन्ने हिन्दूशास्त्रमा उल्लेखित छ । सोही कारण पनि हिन्दू महिलाहरूले आजको दिन शिव मन्दिरमा शिव र शिवलिंगको विशेष पूजा गर्ने गर्दछन् । अन्य बार तथा दिनमा फलफूल आहार गर्दै व्रत बसे पनि तीजको व्रतमा अधिकांश महिलाले निराहार व्रत बस्ने गर्छन । यसदिन महिला अन्य समयमा भन्दा बढी थकित हुन्छन् । सोही कारण पनि हिन्दू धर्मशास्त्रले महिला व्रत बसेको दिन यौन सम्पर्क नगर्नु भनेको छ । 

दिनभर भगवानको नाममा उपवास बसेकी महिलामाथि सहवासको कुरा सोच्न पनि नहुने हिन्दूशास्त्रमा उल्लेख छ । व्रत बसेको दिन उनीहरू मानसिक रुपमा पनि तयार हुन नसक्ने र शारीरिक रुपले पनि निकै थकित हुने हुँदा सहवासका लागि बाध्य बनाउन नहुने परम्पारागत मान्यतासमेत रहेको पाइन्छ । तीजमा व्रत बसेकी महिला बेलुका श्रीमानसँग नसुति अलग्गै सुत्नुपर्नेमा शास्त्रले जोड दिएको छ । तीजमा विवाहिता महिलाहरु श्रीमानको घरमा नबसी माइतीमा बस्नुलाई पनि सहवासको अर्थसँग जोडिएको धर्मशास्त्रीय मान्यता रहेको शास्त्रका ज्ञाताहरु बताउँछन् ।

धार्मिक आस्थाले भगवानप्रति भक्तिभाव लगाइरहेका बेला कामवासनालाइ नियन्त्रण नगरी यौन क्रिडामा लिप्त हुँदा व्रतको फल नपाइने पनि शास्त्रमा उल्लेख छ । यद्यपी चिकित्सा विज्ञानले भने धर्मशास्त्रका कुरालाई अस्वीकार गर्दछ । यौन मानव जीवनको समान्य प्रकृया भएकाले महिला मानसिक तथा शारीरिक रुपले तयार भएमा सहवास गर्दा फरक नपर्ने चिकित्सकहरुले बताउँछन् । निराहार व्रत बसेका बेला भने महिलाहरु थकित हुन सक्छन् । यस्तो बेलामा शरीरमा पानी, ग्लुकोज तथा क्यालोरीको कमी हुने भएकाले महिलाहरु यौनसम्पर्कका लागि तयार हुन कठिन हुने भएकाले आफ्नो पार्टनरको मनोभावनालाइ बुझेरमात्र यौनसम्पर्क गर्न चिकित्सकले सुझाव दिएका छन् ।  

Last modified on 2017-08-24 13:13:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts