काँक्रोलाई नियमित समावेश गर्नुस् आफ्नो भोजनमा, हुनेछ यस्ता फाइदा...



Download our app to get more features

हामी सलाद भन्ने वित्तिकै काँक्रोलाई सम्झिने गर्छौ । घरमा कुनै पाहुना आएका बेला होस् वा पिकनीकमा । काँक्रो एक यस्तो फल वा तरकारी हो जुन १२ महिनै सजिलै बजारमा किन्न पाइन्छ ।

हुनतः खानामा काँक्रोलाई सलादको रुपमा प्रयोग गर्ने हामी नेपालीहरुको संस्कार नै बनिसकेको छ । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक पनि मानिएको छ । खानासंगै सलादको रुपमा हामी काँक्रोलाई अनिवार्य प्रयोग गर्ने गर्छौ । गर्मीमा शरिरलाई चिसोका लागि पनि काँक्रो खानु निकै लाभदायक मानिन्छ ।

काँक्रोमा ९६ प्रतिशत पानीको मात्रा हुनुका साथै भिटामिन ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, पोटाशियम र फास्फोरस पाइन्छ । यसको नियमित प्रयोगले शरिरलाई आन्तरिक र बाह्यरुपमा पनि बलियो बनाउँछ ।

काँक्रो नियमित रुपमा खानुका फाइदाहरु यसप्रकार छन् :–

१. क्यान्सरबाट जोगाउने – काँक्रो नियमित रुपमा खाने गर्नाले क्यान्सरको खतरा कम हुन्छ । काँक्रोमा पाइने विभिन्न तत्वहरुले क्यान्सरलाई रोक्न मद्दत गर्दछ । स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्दछ । 

२. मधुमेह-रक्तचाप – काँक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ । काँक्रो खानाले कोलस्ट्रोलको स्तर कम हुन्छ जसले हृदय सम्बन्धि रोग हुने शंङ्का निकै कम हुन्छ  । काँक्रोमा फाइबर, पोटाशियम र म्याग्नेशियम पाइने भएकाले रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्दछ । उच्च र न्युत रक्तचाप भएकाहरुका लागि काँक्रो औषधिको रुपमा मानिन्छ । 

३. मुख गनाउँने – काँक्रो नियमित रुपमा सेवन गर्नाले मुख गनाउँने समस्या हुँदैन् । काँक्रोको एक टुक्रा जिब्रोले मुखको माथिल्लो भागमा आधा मिनेट राख्ने गर्नुपर्छ । यसले काँक्रोबाट निस्किने फाइटोकेमिकलले मुख गनाउँने समस्यालाई समाप्त पार्छ । 

४. जोर्निको समस्या – काँक्रोमा सिलिशीया नामक तत्व प्रचुर मात्रामा पाइन्छ । यसले जोर्नीको समस्याबाट छुट्कारा पाउनुका साथै तन्तुहरुलाई पनि बलियो बनाउँछ । काँक्रोको नियमित सेवनले युरिक एसिडको स्तर पनि कम गर्न मद्दत गर्छ । 

५.आँखाका लागि फाइदा – प्रायजसो फेसप्याक लगाएपछि आँखा पोल्नबाट बच्नका लागि काँक्रोलाई काटेर आँखामाथि राख्ने गरिन्छ । यसले आँखालाई चिसो प्रदान गर्छ । कुनैपनि बेला आँखा पोले भने काँक्रोको प्रयोग गर्न सकिन्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-08-24 08:13:02

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts