झिँगाले सतायो ? यसो गर्नुहोस्
काठमाडौं, ५ भदौ । झिँगा नभएको घर सायदै होला । फरक यति मात्र हो कसैको घरमा थोरै त कसैको घरमा धेरै ।
झिँगाले सताइरहेको छ भने यसौ गरौं :
- बिग्रिएका फलफूल झिँगालाई मनपर्छ । त्यस्ता फलफूलको प्रयोगद्धारा झिँगाबाट छुट्कारा पाउन सकिन्छ । यसलाई अर्को तरिकाले पनि प्रयोग गर्न सकिन्छ । एउटा प्लाष्टिकमा कुहिएका फलफूलहरु राखेर त्यसमा प्वाल पानुपर्छ । यसो गर्दा झिँगा त्यसभित्र जान्छन् र तिनबाट छुट्कारा पाउन सकिन्छ ।
- स्याउको बोक्रा झिँगा भगाउन प्रयोग गर्न सकिन्छ । स्याउको बास्ना झिँगालाई मनपर्ने भएकाले यो उपयोगी हुन्छ । त्यसका लागि स्याउको बोक्रा १ कप तातो पानीमा उमाल्ने र बोतलमा हालेर खुला राख्नुपर्छ । त्यसो गर्दा झिँगा बोतलमा पस्छ र डुबेर निस्कन सक्दैन ।
- स्याउको बोक्राको रससँगै साबुनको फिँज राख्दा झिँगा आउँदैन । यस्तो झोलको सतहमा साबुनको केही भाग प्रयोग गर्न सकिन्छ । यसो गर्दा झिँगाले पानी खान्छ र त्यही पानीमा मर्छ ।
- वाइनको प्रयोग पनि झिँगा भगाउने एउटा राम्रो उपाय हो । स्याउको बोक्राको बास्नाजस्तै झिँगा वाइनको बास्नामा पनि आउने गर्छ । बोतलमा अलिकति वाइन छाडेर बिर्को नलगाई राखेर झिँगालाई जालमा पार्न सकिन्छ ।
(आजको नयाँपत्रिका दैनिकबाट)
Last modified on 2017-08-21 14:08:24