ब्लु क्रस अस्पतालले गर्यो निशुल्क सुगर जाँच 

What's This?


Download our app to get more features

मधुमेहका रोगीलाई लक्षित गरी ब्लु क्रस हस्पिटलले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविरमा मधुमेह विशेषज्ञ डा. अजय प्रधानले शिविरमा मधुमेहको जाँच गरेका छन् । 
हाम्रो डाक्टरसँग कुरा गर्दै डा. प्रधानले नेपालमा मधुमेह प्रकोपकै रुपमा बढेको बताउनुभयो । अस्वस्थकर र अव्यवस्थित जीवनशैलकीका कारण मधुमेह हुनेको संख्यामा वृद्धि भएको उनको भनाई छ । मधुमेह रोगले विशेषगरी मृगोला, मुटु र आंखा जस्ता महत्वपूर्ण अङ्गलाई असर गर्ने भएकोले समयमै मधुमेहको परीक्षण गर्नुपर्ने डा. प्रधानको सुझाव छ । 
स्वास्थ्य परिक्षणमा सहभागी सर्वसाधारणलाई अन्य स्वास्थ्य सेवामा पनि विशेष सहुलियत दिने र आजिवन सदस्यता कार्ड प्रदान गर्ने अस्पतालको कार्यक्रम छ । 
निशुल्क स्वास्थ्य शिविर आउँदो शनिवार पनि सञ्चालन हुने अस्पतालले जनाएको छ ।

Last modified on 2016-04-30 19:06:20

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts