डा केसीले स्थगीत गरे ११ औ अनसन, प्रस्तावीत ऐन तोडमोड गरे पुनः अनसन बस्ने चेतावनी
काठमाडौं । शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले आफ्नो २३ दिन लामो अनशन स्थगित गरेका छन् ।
संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तत्काल पास गराउनुपर्ने लगायतका माग राखी अनसन बसेका डा. केसीले तराई विपदको कारण देखाउँदै अनसन स्थगित गरेका हुन् ।
तराइ क्षेत्रमा आएको बाढीका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गरी अनशन स्थगित गरेको उनले मंगलबार साँझ अबेर पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । उनले संसदमा छलफलको क्रममा रहेको चिकित्सा शिक्षा बिधेयकलाई तोडमोड गरी बदमासी गर्न खोजे जुनसुकै बेला पुन अनसन बस्नसक्ने चेतावनी पनि दिएका छन् । साथै संसदबाट माथेमा प्रतिवेदनको मर्म नमर्ने गरी विधेयक पास हुनेमा केसी आशावादी देखिएका छन् ।
डा. केसीले विधेयकमा केही परिमार्जन गरी संसदबाट तत्काल पास गर्नुपर्ने, आइओएममा लामो समय देखी रिक्त साहायक डिन तत्काल नियुक्त गरिनुपर्ने चिकित्सा शिक्षा क्षेत्रमा भएका भ्रष्टाचार लगायतका कुरालाई न्यायीक छानविन गरिनुपर्ने लगायतका माग यो अनशनका क्रममा अघि सारेका थिए ।
उनका माग सम्बोधन गर्न सरकार र उनी पक्षीय वार्ता टोलीले पटक पटक छलफल गरेपनि कुनै औपचारिक सम्झौता भएको छैन । डा केसीले राखेका अन्य मागमा सामान्य छलफल भएपनि संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकको कुराले मुख्य प्राथमिकता पायो ।
संसदको महिला बालबालीका, मानवअधिकार तथा समाजकल्याण समितिमा चिकित्सा शिक्षा ऐनको मस्यौदामाथप मेडिकल कलेजलाई उपत्यकामा सम्बन्धन दिने नदीने, आशय पत्र लिइसकेकाहरुको हकमा के गर्ने लगायत विषय अझै टुंगो लाग्न सकेको छैन । योबीचमा डा केसीको अनशनले संसद, सरकार, मिडिया एवं मूल राजनीति सबैमा व्यापक बहसको थालनी गरिदिएको छ । माथेमा आयोगले सिफारीस गरेका आधारमा एेन तयार हुनुपर्ने डा केसीको माग विपरीत समितिले संसोधन गरेको भन्दै केसी असन्तुष्ट भएपछि उच्च राजनीतिक नेतृत्वमै केसीको विषयले प्रवेश पाएको थियो ।
विशेषगरी नेकपा एमालेका केही संसदहरुको लगानी रहेको मनमोहन मेडिकल कलेज लगायत आशयपत्र लेटर अफ इन्टेण्ड पाइसकेका मेडिकल कलेजलाई सम्बन्धन दिन रोक्न हुने या नहुने कुरामा राजनीतिक दलहरुनै विभाजीत छन् ।
यस्तो छ डा. केसीको विज्ञप्ति
जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>