तपाईंको बच्चालाई थालेसीमिया भएको त छैन ! (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौं, १८ वैशाख । काठमाण्डौं जोरपाटिकी १९ वर्षिय दीपा केसी जन्मेको १४ महिनादेखि थालेसीमिया रोगबाट पीडित छिन् । हातखुट सुक्ने, खाना खान रुची नहुने, हात खुट्टाको नङ सेतो देखिनेजस्ता लक्षण देखापरेपछि केसीलाई उपचारका लागि अस्पताल लैजाँदा थालासीमिया रोग लागेको तथ्य चिकित्सकहरुले पत्ता लगाए ।

थालासीमिया अर्थात अपुष्ट रक्तकोषका कारण शरीरमा राम्रोसँग रक्तकोषको विकास हुन नसक्दा देखापर्ने रोग हो । यो रोग रगत सम्बन्धि देखापर्ने रोगहरुमध्ये अति नै अप्ठ्यारो अनुवंशिय रोग रहेको विज्ञहरु बताउँछन् । बच्चा जन्मिएको ३ महिना देखिनै थालेसीमिया रोगको लक्षण देखापर्न थाल्छ । थालासीमिया माइनर र थालेसीमिया मेजर गरी दुई भागमा विभाजन गरिन्छ । रगत रोग विशेषज्ञ डा. विशेष पौडेलका अनुसार बच्चा नफस्टाउनु, पेट ठुलो हुँदै जानु, बच्चामा रगतको कमि देखिनु, हत्केला, पैताला, ओठ सेतो देखिनु यो रोगका मुख्य लक्षण रहको डा. पौडेलको भनाई छ ।

सन् १९२५ सालमा विश्मा पहिलोपटक देखा परेको यो रोगको यकिन तथ्याकं भने पाइँदैन । नेपाल थालेसीमिया सोसाइटिका अनुसार नेपालमा पहिलो पटक सन् १९७२ सालमा ८ वर्षिया बालकलाई यो रोग देखापरेको थियो । हाल नेपालमा कुल जनसंख्याको ४ प्रतिशत मानिसहरु थालेसीमिया रोगबाट ग्रसित छन् । नेपालमा वर्षेनी करिव ३ सय २७ बालबालिकाहरु जन्मदै रोगको सिकार भएर धर्तीमा पाइला टेक्छन् भने १ सय ३५ जना त्यस्ता बिरामी छन् जसले थालेसीमिया सोसाइटिमा रहेर नियमित रगत लिइरहेका छन् ।

थालेसीमिया रोगबाट ग्रसित धरै बिरामीहरु अझै पनि अस्पताल र चिकित्सकको पहुँचमा पुग्नसकेका छैनन् । यस रोगको बारेमा सबै जनासचेत हुनु पर्ने र हरेक विद्यालयको पाठ्यक्रममै समावेस गरी पठन पाठन गराउनुपर्ने आवाश्यक भएको थलासीमिया सोसाइटी काठमाण्डौंका अध्यक्ष दुर्गाप्रसाद पाठकको भनाइ छ ।   

थालेसीमिया रोग अनुवंशीय रोग भएकाले आमा बुबा दुवैतर्फको वंशाणुगत रुपमा सर्दै आउँछ । बालबालिकाको उमेर बढ्दै जाँदा १ हप्ता र एक महिनाको अन्तरालमा शरीरमा नयाँ रगत दिइरहनुपर्छ । तराइ क्षेत्र र मलेरीया रोगको प्रकोप भएको ठाउँमा यो रोग बढी देखापर्न सक्ने डा. पौडेलको भनाइ छ । यो रोग लागेका बालबालिकालाई समयमै रोगको पहिचान गरेर रगतभित्रको मासीको प्रत्यारोपण गरेमात्र रोगका निदान हुने डा. पौडेलको भनाई छ । तर यसको उपचार अत्यन्तै महंगो भएकाले जुनसुकै रोगीले सहजै उपचार गर्न सक्दैनन् । बिरामीको रोगका अल्कालीन निदानका लागि बिरामीलाई आवश्यक्ता अनुसार रगत दिनुपर्छ ।

वंशानुगत रुपमा देखा पर्ने भएकाले थालेसीमिया जोसुकैलाई पनि लाग्न सक्छ । यो रोगको समधानको अरु उपाय नभएकाले बच्चा जन्माउनु अघिनै सचेत हुनुपर्ने चिकित्सकहरु बताउँछन् ।

 

 

Last modified on 2016-04-30 15:49:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts