प्राकृतिक चिकित्साबाट माइग्रेनको उपचार (भिडियो सहित)



Download our app to get more features

काठमाण्डौ,१७ वैशाख । कहिलेकाँही आधा टाउको दुखेको अनुभव तपाँइलाई पनि होला ।  पछिल्लो समय आममानिसमा आधा टाउको दुख्ने समस्या (माईग्रेन) रोग दिनप्रतिदिन बढ्दै गएको पाइन्छ । 
आधा टाउको वा टाउकोको थोरै भाग नाडी चले जस्तो अनुभव भएर दुख्नु, वान्ता होला जस्तो हुनु, बढि रिसाउने झर्किने वा एक्लै बस्न रुचाउने जस्ता लक्षण देखा पर्नु, टाउकोको दुखाई कहिलेकांहि केहि घण्टादेखि केहि दिनसम्म हुनु जस्ता लक्षण माइग्रेनका लक्षण हुन् ।
माइग्रेनको कारण व्यक्ति पिच्छे फरक फरक हुन्छ । सामान्यतया यो रोग वंशाणुगत कारणबाट देखा पर्छ । सबै उमेरका मानिसलाई देखा पर्ने भएपनि यो रोग विशेष गरी २५ देखि ५० वर्ष उमेर समुहका मानिसलाई देखापर्ने विज्ञहरुको भनाइ छ । 
सुस्वास्थ्य अस्पतालका अध्यक्ष तथा अकुपञ्चरिस्ट सुदर्शन बस्नेतका अनुसार माइग्रेन हुनुको एउटा मात्र कारण हुदैन । कुनै व्यक्तिमा भिडभाडको कारण, विभिन्न रंगहरुको प्रयोगको कारण, बढि तनाब र चिन्ताको कारण या त कुनै व्यक्तिमा खानेकुराको कारण पनि माइग्रेन देखा पर्ने हुन्छ ।
माइग्रेनको उपचारका लागि प्राकृतिक चिकित्सालाई प्रभावकारी मनिन्छ । यसविधि द्वारा उपचार गर्दा विशेषगरी अकुपंचर, हेड मसाज, अकुप्रेसर र सिरोधारा विधि अपनाइन्छ । पछिल्लो समय माइग्रेनको उपचारमा यो विधि अति नै लोकप्रिय बनिरहेको अकुपञ्चरिस्ट बस्नेतको भनाई छ । 


माइग्रेन हुनुको ठोस कारण पत्ता लाउन नसकिएको हुँदा माइग्रेन रोगीले आफ्नो दैनिक जीवनलाई व्यवस्थीत तरीकाले व्यतीत गर्ने प्रयत्न गर्नु पर्दछ । दिनहुँ ३ लिटर पानी पिउने, ठिक समयमा खाने, ठिक समयमा सुत्ने, सिधा घामको प्रकाश पर्ने स्थानमा लामो समय नबस्ने, भिडभाड र हुलमुलमा नबस्ने, शारीरीक व्यायाम गर्ने जस्ता क्रियाकलाप अपनाइयो भने माइगे्रनको समस्या केहि हद सम्म कम हुने चिकित्सकहरुको सुझाव छ । 

Last modified on 2016-06-09 12:58:16

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts