आफ्नो स्वास्थ्यमा जोक गर्दिनँ–अभिनेत्री पूजना



Download our app to get more features

पूजना प्रधान धेरै चलचित्रमा अभिनय गरिसकेकी छिन् । सौन्दर्यका हिसाबले  उनको धेरै प्रसंसा हुने गर्दछ, फिल्मी बजारमा । उनको फिटनेसको राज यस्तो छ । 
महिनाको दुईपटक फेसियल 
अनुहारको सौन्दर्यकका लागि एक महिनामा दुईपटक फेसियल गर्छु । तर,मैले घरमै फेसियल गर्ने गरेकी छु । नियमित गरिने फेसियलले स्किकनलाई स्वच्छ बनाएर चमक ल्याउन भूमिका खेल्छ । 
योग र जिम
योग र जिम म कहिल्यै बिर्सन्नँ । म शारीरिक सौन्दर्यका लागि बडी मसाज गर्दिनँ । निरन्तरको योगले शारीरिक र मानसिक सुन्दर बनाउँछ । सोही कारण बडी मसाजको आवश्यकता नै पदैन् । 
छालालाई स्वस्थ राख्न सोना, स्टिम बाथ
हप्तादिन अथवा १५ दिन, समय–समयमा सोना बाथ लिएपछि उपयुक्त एक्स्ट्रा क्रिम प्रयोग गर्छु । 
कसरत
पसिना निकिस्कने  गरी कसरत गर्छु । यसले  छालाको सौन्दर्य बढाउँछ । कसरत, जिम र योग गर्न कहिल्यै भुल्दिनँ, नियमित कसरतले दिनैभरी फुर्तिलो बनाउन मद्दत पुग्छ । 
घरबाहिर निस्कँदा सनव्लक
हरेकदिन जब घरबाहिर निस्कन्छु, सनब्लक क्रिम लगाउन कहिल्यै भुल्दिनँ । हल्का पाउडर पनि लगाउँछु ।मेकअप गर्छु र राति सुत्नुअघि नाइट क्रिम लगाउँछु । 
दिनको तीन लिटर पानी 
बिहानै पटक–पटक गरेर तीन–चार गिलास सफा पानी पिउने गरेकी छु ।  दिनभरमा तीन लिटरभन्दा बढी पानी पिएकै हुन्छु । बिहान केही बे्रड खान्छु । हेल्दी खानामा जोड दिन्छु । सौन्दर्यमा शारीरिक स्वास्थ्यको सम्बन्ध रहने भएकाले खाना सकेसम्म सादा खान्छु । म भेजिटेरियन  भएकाले  मासु खाने कुरा भएन, सादा खाना, हरियो सागसब्जीमा जोड दिन्छु । सिजनअनुसार फलफूलमा जोड दिन्छु । ग्रिन टी, ब्ल्याक कफी नियमित खाने गरेकी छु । 
मनको शान्ति र आत्मविश्वासका लागि पूजा–व्रत 
मनको शान्ती र आत्मविश्वासले पनि सौन्दर्यमा निखार दिन्छ । त्यसैले आत्मसन्तुष्टिका लागि हरेक दिन बिहान केही बेर  पूजाआजा गर्छु, भगवानका लागि बत्ती बाल्छु । 
कपालको स्याहारमा जोक गर्दिनँ 
कपाल कर्ली छ । स्याहार गर्न निकै गाह्रो  हुन्छ । आयल मसाज गर्यो भने अनुहारमा डन्डिफोर निम्त्याउँछ ।  तैपनी, कहिलेकाहीँ आयल मसाज  गर्नेपर्छ ।  हरेक दिन हेयर भिटामिन लगाउँदिन । घरमै विभिन्न तरिका अपनाएर कपालको केयर  गर्छु । कपालको सुरक्षामा केयर गर्छु ।

(आजको नयाँ पत्रिका दैनिकबाट)
 

Last modified on 2017-09-02 14:11:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts