ब्रेन ट्यूमर भएका यूवा पत्रकार क्षेत्रीको निधन

What's This?


Download our app to get more features

काठमाण्डौ, १६ बैशाख । यसअघिनै ब्रेन ट्युमरको शल्यक्रिया गरिसकिएका पत्रकार एवं गीतकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ । 
केही समयअघि शल्यक्रिया सफल भएसँगै सामान्य जीवनमा फर्किएका क्षेत्रीको माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा बिहीवार राति सवा नौ बजे निधन भएको नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोजराज अधिकारीले जानकारी दिए । उनले नेपाल र भारतका विभिन्न अस्पतालमा डेढ वर्षयता उपचार गराउँदै आएका थिए । यस अघि क्षेत्रीको डाक्टर बसन्त पन्त नेतृत्वको टोलीले बुधवार शल्यक्रिया गरेको थियो । 
नेपाल प्रेस युनियनका सचिव समेत रहेका क्षेत्रीले दर्जनो गीत लेखेका छन् । उनी नेपाली कला डटकमका सम्पादक समेत थिए । मिजासिला स्वभावका क्षेत्री पत्रकारिता, साहित्य र राजनीतिलाई सँगसँगै अघि बढाउन सफल थिए । 

Last modified on 2016-04-28 22:44:38

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts