स्वाइन फ्लुका कारण काठमाडौँमा एकको ज्यान गयो
काठमाडौँ, १४ साउन । स्वाइन फ्लुले शनिबार एक जनाको मृत्यु भएको छ । काठमाडौंको ग्रान्डी इन्टरनेसनल अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गराइरहेका पोखराका २९ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो ।
स्वाइन फ्लुको संक्रमण हुनुअघि पूर्ण स्वस्थ रहेका ती युवालाई संक्रमणपछि निमोनियाँ देखिएको थियो। यसअघि पनि यस्तै एक जनाको स्वाइन फ्लुका कारण त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमै उपचारक्रममा मृत्यु भएको थियो ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डा. गुणनिधि शर्माले ग्रान्डी र शिक्षण अस्पताल गरी हालसम्म दुई जनाको स्वाइन फ्लु (इन्फ्लुएन्जा ए भाइरस–एच१एन१) का कारण मृत्यु भएको बताए ।
(आजको कान्तिपुर दैनिकबाट)
Last modified on 2017-07-30 08:36:17
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>