आँखामा आनो आउने समस्याले सुगर पनि हुनसक्छ (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौ, १६ वैशाख । आँखाको कोषमा गिर्खा जस्तो आई आँखा चिलाएको अनुभव तपाईंलाई पनि होला । झट् हेर्दा सामान्य देखिने गिर्खाको समयमै उपचार हुन नसके कालन्तरमा क्यान्सरसमेत हुनसक्ने विज्ञहरुको भनाई छ ।
आँखा दुख्ने, कोष चिलाउने, रातो हुने, आँखाको कोष सुनिने, आँसु आइरहने जस्तालक्षणहरु आँखामा आनो आउँदा देखापर्ने हुन्छ । आँखा रोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेलका अनुसार आनो आउँदा छोटो समय मै पिलो जस्तै दुख्ने र पाक्ने हुन्छ । परेलाको रौंको जरामा स्टाफिलोकोकस औरस नामक व्याक्टेरियाको संक्रमण भएकोले आँखामा आनोको समस्या देखापर्ने डा. ढुंगेलले बताए ।

आँखाको माथिल्लो वा तल्लो परेलाको कोषमा देखापर्ने यो समस्या आँखाको दृष्टिमा भने कुनै असर गर्दैन । आँखामा आनो आएमा सुरुवाति अवस्थामै सफा कपडा वा टावेल तातो वस्तु वा आगोमा सेकाएर तातो बाफ लिन सकिन्छ । समयमै बाफ लिए कतिपय अवस्थमा सेकेलगत्तै आनो निको हुने चिकित्सकको भनाई छ । सबै उमेर समुहका मानिसलाई देखापर्ने यो समस्या समयमै रोकथाम नगर्दा कालन्तरमा सुगर, क्यानसरजस्ता जटिलतासमेत निम्तिन सक्ने डा.ढुंगेल बताउँछन् ।

आँखालाई धुलो, धुवाँ र संक्रमणबाट बचाउन र कुनै समस्या देखापरे तुरुन्तै सम्बन्धित चिकित्सकलाई देखाउन विज्ञहरुको सुझाव छ ।
 

 

Last modified on 2016-04-28 22:05:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts