नियमित व्यायामले हट्छ स्ट्रेच मार्क (भिडियो सहित)



Download our app to get more features

च्चा पाइसकेका प्राय महिला स्ट्रेच मार्कको समस्याबाट पीडित बन्ने गरेका छन् । स्ट्रेच मार्ककै कारण सौन्दर्यमा ह्रास आयो भनेर उनीहरू तनाव लिन पनि गर्छन । स्ट्रेच  मार्क हटाउन उनीहरू विभिन्न घरेलु उपायको पछि पनि लाग्ने गर्छन । जथाभाबी उपचारको बिधी नअपनाउन सुझाब दिदै त्यस्ता महिलाका लागि स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विभूती शाहीको सल्लाह यस्तो छ ।

गर्भवतीको पेटभित्र बच्चा बढेसंगै पाठेघरको आकार बढ्छ । जसले पेटको छाला तन्किन्छ । यही तन्किएको छाला पछि (बच्चा जन्मिसकेपछि) खुम्चने क्रममा स्टे«च मार्क देखापर्छ । 

स्ट्रेच मार्क देखिने प्रमुख कारण :

  • गर्भवती अवस्थामा पेट बढ्दा छाला तन्कनु 
  • गर्भावस्थामा शरीरले उत्पादन गर्ने हर्मोनको असन्तुलन हुँदा
  • नियमित व्यायम नगर्नु 
  • गर्भावस्थामा खानामा रुची नहुन सक्छ । जसले गर्दा मन परेका केही कुरामात्रै बढी खादा आवश्यक सन्तुलित आहारको कमी हुनसक्छ । जसले गर्दा पनि स्ट्रेच मार्क देखापर्छ ।
  • प्रशस्त पानी नपिउनु

स्ट्रेच मार्कका लक्षण
सबै गर्भवतीमा स्ट्रेच मार्क देखा पर्छ नै भन्ने हुँदैन । लक्षणविनै पनि एकै पटक स्ट्रेच मार्क देखिन सक्छ । यद्यपि, अधिकांश गर्भवतीमा पेट तथा कम्मर वरपरको छाला चिलाउने, पोल्ने, दुख्ने लक्षण देखिनसक्छ ।

स्ट्रेच मार्क रोक्न के गर्ने ?

  • स्ट्रेच मार्कको उपचार गर्नु भन्दा आउनै नदिनु राम्रो हो । कतिपयमा स्ट्रेच मार्क जति उपचार गरे पनि नहट्न सक्छ । 
  • गर्भ बसेदेखि नै विशेष सावधानी अपनाउने । 
  • गार्भावस्थाको पहलो तीन महिनादेखि नै विशेषज्ञ चिकित्सकको सल्लाह बमोजिम बायो तेलसहितका क्रिमले मालिस गर्ने ।
  • छाला नचिलाउने

यस्ता छन् उपचार विधीः

  • स्ट्रेच मार्क हटाउन जुन पायो त्यही औषधि सेवन नगर्ने ।
  • भ्यास्लिन क्रिमहरुको प्रयोग नगर्ने ।
  • बच्चा जन्मिएको केही समयपछि स्ट्रेच मार्क अझ गाढा हँुदैजान्छ । 
  • यस्तो भयो भन्दैमा आत्तिएर चिकित्सकको सल्लाहविनै आफुखुसी औषधि वा क्रिमहरुको प्रयोग नगर्ने ।
  • पौष्टिक आहारयुक्त खाना खाने । नियमित व्यायाम गर्ने । 

भिडियो हेर्नुस् । 

Last modified on 2017-07-22 07:20:25

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts