काठमाण्डौ भ्याली अस्पताल नयाँ व्यवस्थापनमा, 'पेनलेस डेलिभरी क्लिनिक' चलाइने



Download our app to get more features

काठमाण्डौ, १ साउन । राजधानीको सुन्धारास्थित काठमाण्डु भ्याली हस्पिटललाई विभिन्न उपचार प्याकेज सहित नयाँ व्यवस्थापनले सञ्चालन आरम्भ गरेको छ ।

 लुनिभा हेल्थ केयरले सञ्चालन आरम्भ गरेको १०० वटा बेडसहितको अस्पतालको आज काठमाण्डौका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे । अस्पतालले नयाँ व्यवस्थापनसँगै केही सुलभ हेल्थ प्याकेजपनि सुरु गरेको छ । अस्पतालले हेडएक क्लिनिक, स्टोन क्लिनिक, पेनलेस डेलिभरी क्लिनिक लगायत सुरु गरेको हो । टाउको दुखाईको अत्याधुनिक उपचार, शरीरको विभिन्न भागमा भएको पत्थरीको नविन उपचार एवं नदुखाइकन सुत्केरी गराउने पद्धतिपनि अस्पतालमा सुरु गरिएको लुनिभा हेल्थ केयरका प्रबन्ध निर्देशक लुज मानन्धरले जानकारी दिए । 

त्यस्तै अस्पतालले जनरल हेल्थ प्याकेज लगायत सबै सेवा सरकारी अस्पतालकै दरमा उपलब्ध गराउने बताएको छ । अस्पतालमा फुलटाइम २ जना सिनियर कन्सल्टेन्ट डाक्टर र ४ जना मेडिकल अधिकृत छन् । त्यस्तै ४० जनाभन्दा बढी विशेषज्ञ डाक्टर पार्टटाइम कार्यरत रहेका छन् । ५० जनाभन्दा बढी अन्य कर्मचारी अस्पतालमा कार्यरत छन् ।

अस्पतालको उद्घाटन बोल्दै काठमाण्डौका मेयर शाक्यले निम्तमध्यम वर्गका बिरामीको उपयुक्त अस्पताल बन्न भन्दै व्यवस्थापनलाई सुझाव एवं शुभकामना दिए ।  
 

Last modified on 2017-07-16 15:18:46

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts