सेवा अवरुद्ध नहुने गरि लुम्बिनी अस्पतालमा आन्दोलन

What's This?


Download our app to get more features

वुटवल,  १५ बैशाख । आंफुहरुका माग अस्पताल प्रशासनले वेवास्ता गरेको भन्दै लुम्बिनी अञ्चल अस्पताल वुटवलका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

कर्मचारीहरुले ७५ प्रतिशत अस्थायी सेवालाई स्थायीमा गणना गर्नुपर्ने, स्थायी भएका कर्मचारीको स्तरबृद्धि गर्नुपर्ने, एक सय १४ जना कर्मचारीलाई स्थायी दरबन्दीमा पदपुर्ति गर्नुपर्ने र अस्पतालमा भएको भर्ती केन्द्र रोक्नुपर्ने लगायतका माग सहित कर्मचारी आन्दोलनमा उत्रिएको लुम्बिनी अञ्चल अस्पताल कर्मचारी युनियनका अध्यक्ष भागिरथ रानाले बताउनु भयो ।

अस्पतालमा आउनु भएका नयाँ मेडिकल सुपरिटेण्डेन्ट विकास कोईरालालाई कर्मचारी युनियनले स्वागत गर्दै आफ्ना मागहरु अवगत गराएको थियो । सो अवसरमा उहाँले आफूले विस्तृत अध्ययन गरेर अगाडी बढ्ने बताउनु भएको युनियनका निवर्तमान अध्यक्ष अध्यक्ष भोला क्षेत्रीले बताउनु भयो ।

 पटकपटक उठाउँदै आएका कर्मचारीको माग अस्पताल प्रशासनले सम्बोधन नगर्दासम्म आफूहरुको आन्दोलन नरोकिने पनि उहाँले बताउनु भयो तर आफूहरुको आन्दोलनले अस्पतालको सेवामा कुनै अवरोध नआउने पनि उहाँले प्रष्ट पार्नुभयो ।
  अस्पतालको बोर्डले यी बिषयमा कर्मचारीका माग सम्बोधन गर्ने निर्णय गरिसकेर पनि कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको उहाँले बताउनु भयो ।
    अस्पतालमा कार्यरत कर्मचारीहरु स्थायी भएपछि लामो समयसम्म स्तरबृद्धि नभएको, एक सय १४ जना स्थायी दरबन्दी रहेको अस्पतालमा ९२ जना मात्रै दरबन्दीमा रहेको र बाँकी २२ दरवन्दी रिक्त रहेकाले रिक्त दरबन्दीमा आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी नियुक्ति दिन माग गरिएको छ ।

-वुधवारको गोखापत्र दैनिकमा छवि पाण्डेले लेखेका छन् ।

Last modified on 2016-04-27 18:36:06

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts