बिहेको भोज खाँदा ३२ जना बिरामी

What's This?


Download our app to get more features

चितवन, १५, वैशाख । चितवनको कविलास गाविसको वडा नम्बर ९ मा बिहेको भोज खाँदा ३२ जना स्थानीय बिरामी भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । कविलास गाविस बडा नम्बर ९ कुसुमटारमा गत सोमबार दिउँसो पुष्पा तामाङ र सुरज तामाङको बिहेको भोज खाएपछि गाँउलेहरु बिरामी परेका थिए ।

सोमबार बिहे भोज खाएका उनीहरुलाई मंगलदेखि झाडापखला लाग्ने, ज्वरो आउने, वान्ता हुने भएको बिरामीहरु बताउँछन् । बिरामी गाँउलेहरुलाई मंगलबार साँझ भरतपुर अस्पतालमा ल्याएर उपचार सुरु गरिएको छ । बिरामी भएका मध्ये २९ जना महिला र ३ जना पुरुष रहेका छन् ।

जसमा १२ जना बालबालिका रहेका छन् । मंगलबार बिहानदेखि टाउको दुख्ने, ज्वरो आउने हुन थालेको बिरामी भएर उपचार गराइरहेकी सारदा तामाङले बताइन् । सुरुमा गर्मीका कारण होला भनेर बसेको भएपनि भोज खाएर घर फर्किएका सबैलाई एउटै समस्या देखिएपछि भोजका कारण भएको होला भनेर उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय दिनेश तामाङले बताए ।

भोज खाएर आएकामध्ये एउटै घरका तीन जनासम्म बिरामी भएका छन् । बिरामीहरुलाई स्थानीय प्राथमिक बिद्यालयका शिक्षक दिपक सापकोटा, कविलास स्वास्थ्य चौकीका इन्र्चाज भविश्वर अधिकारी, कविलास गाविसका सचिव प्रद्युन्न कुमार खड्का, कार्यालय सहायक अजय पौडेल सहितको टोलीले एम्बुलेन्समा हालेर भरतपुर अस्पताल ल्याएका थिए ।

भरतपुर अस्पतालमा औषधी, स्वास्थ्य परिक्षणदेखि सवै उपचार निशुल्क गरिएको अस्पतालको सामाजिक शाखा प्रमुख नारायण सापकोटाले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षका इन्र्चाज बिष्णु सापकोटाले उनीहरुमा फुड पोइजन भएको प्रारम्भिक परिक्षणबाट देखिएको बताए ।

‘थप रिर्पोटहरु आउन बाँकी छ, तर प्रारम्भिक परिक्षणमा फुड पोइजन देखिन्छ’ सापकोटाले भने, ‘अहिले क्रमस बिरामीहरुमा वान्ता, झाडापखला र ज्वरो कम हुँदै गएको छ ।’

 

Last modified on 2016-04-27 17:28:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts