स्क्रब टाइफसबाट ४ जनाको मृत्यु
काठमाडौं, २२ असार । मुसाबाट सर्ने रोग स्क्रब टाइफस संक्रमणबाट चितवनमा यसवर्ष चार जनाको मृत्यु भइसकेको छ ।
त्यहाँका अस्पतालमा उपचारका लागि गएका ५ सय ४ बिरामीमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो ।
साउनयता ४ जनाको ज्यान गएको कार्यालयले जनाएको छ । भेक्टर कन्ट्रोल निरिक्षक राक केसीका अनुसार मृतकमा ३ जना चितवन र १ जना तनहुँका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । साउनयता १ हजार ६ सय २६ जना बिरामीको परीक्षण गर्दा ५ सय४ जनामा यो संक्रमण देखिएको निरिक्षक केसीले बताए । गत वर्ष ३३ जनामा स्क्रब टाइफस देखिएको थियो ।
(आजको कान्तिपुर दैनिकबाट )