गर्मीको एलर्जीबाट बच्न यसो गरौं



Download our app to get more features

काठमाडौं, असार २१ । गर्मीमा धेरैजसोलाई छालामा एलर्जी हुन्छ ।

गर्मीमा एलर्जी तथा छालासम्बन्धी कीटाणु निकै सक्रिय हुन्छन् । छालालाई सुख्खा मौसमको कुप्रभावबाट जोगाउन विभिन्न क्रिम, साबुन तथा जेल प्रयोग गरिन्छ । गलत औषधिको प्रयोगका साथै विभिन्न क्रिम, साबुन, जनावरमा हुने कीटाणु, रंग आदिका कारण पनिएलर्जी हुनसक्छ । यसले गर्दा रुघा लाग्ने, हाछ्युँ आउने, शरीरमा डाबर आउने तथा खोकी लाग्ने हुनसक्छ ।  यस्ता समस्याबाट जोगिन धूलो–धूवाँबाट टाढै रहनुपर्छ ।

अहिले जतासुकै बाटो खनिएको हुँदा जताततै धूलैधूलो छ । यस्तो अवस्थामा बाहिर हिँडडुल गर्दा सबै शरीर छोप्नुपर्छ भने मास्कतथा चस्मा पनि लगाउनुपर्छ । सुख्खामौसम भएकाले प्रशस्त पानी पिउनुपर्छ । बाहिर गएर आएपछि अनुहार तथा हातखुट्टा राम्रोसँग धुनुपर्छ । कतिपयलाई घामले एलर्जी हुन्छ । एलर्जी भएको ठाउँमा कन्याउनुहुँदैन । लामो समय सम्म निको नभए छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ । –नारीबाट
 


 

Last modified on 2017-07-05 07:36:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts