'एक आँखा गुम्यो, अर्को आँखाले संसार नियाल्न चाहन्छु'



Download our app to get more features

भक्तपुर–साबिक दुली गागिस ६, रुकुमका १२ वर्षीय धनबहादुर बस्नेतलाई २०७३ भदौमा एक्कासि दाहिने आँखमा कीराले टोकेजस्तो भयो । बिस्तारै सुन्निँदै गयो । गाँकै एक स्वास्थ्यचौकमीमा उपचारका लागि जाँदा त्यत्तिकै सुन्निएको हो । औषधि खाएपछि निको हुने सल्लाह भयो । उनले नियमित औषधि खाए । ‘औषधि खाँदासम्म मात्र सुन्निएको बस्यो,’ उनले भने, ‘फेरी सुन्नी रह्यो, दुख्न थाल्यो ।’ केही नलागेपछि उनी अभिभावकका साथ उपचार गराउन रक्षाचौर(दाङमा रहेको आँखा अस्पताल) पुगे । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो । 

रक्षाचौरमा उपचार हुन नसकेपछि गत मंसिरमा बाबुका साथ उनी काठमाण्डौको तिलगंगा आँखा अस्पताल आए । तिलगंगाबाट धनबहादुरलाई शिक्षण अस्पताल महाराजगञ्ज् रिफर गरियो । शिक्षण अस्पतालले भने आँखामा क्यान्सर भएको भन्दै किमोथेरापीका लागि कान्ति बाल अस्पतालमा पठाएको उनी बताउँछन् । ‘कान्तिमा किमो गरियो, शिक्षण अस्पतालमा अप्रेसन गरी आँखा निकालियो,’ उनी भन्छन् । असार १ बाट थप उपचारका लागि उनी भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी गराउँदै छन् । शुक्रवारसम्म १९ पटक रेडियोथेरापी गरेको र ३० पटक गराउनुपर्ने कन्सल्टेन्ट क्लिनिकल अन्कोलोजिस्ट विभागीय प्रमुख डा. राजेन्द्र बरालले बताए । 

धनबहादुरलाई ‘सफ्ट टिस्यू सार्कोमा आई’ नामक जटिल किसिमको क्यान्सर लागेको डा. बरालले बताए । रेडियोथेरापीले निको नभए पुनः किमो गराउनुपर्ने उनको सुझाव छ । सामान्य कृषक परिवारमा जन्मिएका धनबहादुर बाबु (बमबहादुर) भन्दा केही टाठाबाठा छन् । उनका बाबुछोरा महाराजगञ्जस्थित आरोग्य बिरामी आश्रममा बस्दै आएका छन् । कहिल्यै काठमाण्डौ नआएका उनका बाबुछोरा आश्रममा त बस्छन् तर, उपचार खर्च जुटाउन सकेका छैनन् । ‘मेरै उपचारका लागि बाबु काठमाण्डौ आउनुभएको हो,’ उनले भने, ‘उपचारका लागि उहाँ भरिया काम गर्नुहुन्छ ।’ आश्रममा बिरामीले मात्र खान पाउने र कुरुवालाई भने बाहिरै खानाको जोहो गर्नुपर्दा बाबुलाई खानाको समस्या भएको उनी बताउँछन् । महाराजगञ्जबाट भक्तपुर क्यान्सर अस्पताल जाने खर्चसमेत नहुँदा हिँडेरै आउजाउ गर्ने उनले सुनाए । आफ्नो एक आँखा गुमेपनि अर्कोले संसार नियाल्न चाहेको उनी बताउँछन् । राजधानीबाट उनको घर आवतजावत गर्न निकै टाढा भएकाले सरकारले उपलब्ध गराउँदै आएको विपन्न नागरिक उपचार कोषबाट बञ्चित हुनुपरेको अस्पताल प्रशासनले जनाएको छ । कोषबाट सुविधा लिन साबिक गाविस वा गाउँपालिकाको सिफारिस लिनुपर्ने भएकले धनबहादुर सुविधा पाउनबाट बञ्चित छन् । उनको अवस्था हेरेर अस्पतालले भने केही सहुलियत गरिरहेको प्रशासन शाखाकी राजमती गोसाईंले बताइन् । 

दुलीमै रहेको बालहित निमाविमा कक्षा ६ मा अध्ययनरत धनबहादुर आँखाको क्यान्सरकै कारण पढाइबाट समृत बञ्चित छन् । उपचारका लागि बाबुले भरिया काम गर्नु परेकाले अस्प्ताल एक्लै धाउने उनी सुनाउँछन् । चिकित्सकले भने बिरामीको कुरुवा नहुँदा उनको उपचारमा समस्या परेको बताउँछन् । 

‘चिकित्सकले रेडियोथेरापी गरिसकेपछि किमो गराउनुनपर्ने हुनसक्छ भन्नुभएको छ,’ उनले भने, ‘किमो गराउँदा धेरै खर्च लाग्छ मेरो परिवारको उपचार गराउन सक्ने क्षमता छैन।’ गाउँमा आमा र १४ वर्षीय दाइमात्र भएकाले आयस्रोत नभएको उनले बताए । एउटा कित्रिम आँखा राख्ने र अर्कोको सहायताले पढेर ठूलो मान्छे बन्ने सपना रहेको बताउँदै भने, ‘मनकारीमार्फत सहयोगको अपिल गर्छु ।’ एकपटक किमो गराउन करिब १८ देखि २० हजार लाग्ने डा. बरालले बताए । 

Last modified on 2017-07-01 09:06:25

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. mero baba ko aankha pani madhumeh(sugar) le damaage vaye ko xa ra jun aanka operation gare ko xa tele k he dekhdaina jal bindu k ho k he vandai na doctor le til ganga hospital doctor name is bajimaya fist name i forget.......ra ahile aauta aankha le ali ali matra dekha xa apa k garda hunxa hola sir help me


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts