सिरहामा पखालाबाट एकको मृत्यु



Download our app to get more features

सिरहा, १५ असार । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरका २ बस्तीमा फैलिएको झाडापखालाबाट ८६ वर्षीय मागेन यादवको मृत्यु भएको छ ।

यादवको गाउँकै औषधि पसलमा उपचार गराइए पनि स्वास्थ्यस्थिति जटिल बनेपछि थप उपचारका लागि लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

लक्ष्मीपुर पतारी गाउँपालिकाका प्राविधिक सहायक फेकु यादवका अनुसार सीतापुरको साबिक ८ र ९ नम्बर वडाका सीमामा पर्ने देवाडी गाउँका १२ परिवारका ३० भन्दा बढीमा झाडापखाला फैलिएको थियो । 

सीतापुर स्वास्थ्यचौकी इन्चार्ज चन्द्रप्रकाश पण्डितका अनुसार स्वास्थ्यकर्मीको टोली खटिएपछि स्थिति नियन्त्रणमा आएको छ ।


(आजको कान्तिपुर दैनिकमा समाचार छ)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts