यसरी बन्दैछ प्रसूति गृहको नयाँ भवन (भिडियोसहित)

What's This?


Download our app to get more features

काठमाडौं १४ वैशाख । गत वर्षको भूकम्पले चर्काएको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको चार तले मुख्य भवन भत्काउन थालिएको छ । जापानी सहयोग नियोग जाइकाले नयाँ भवन बनाउने सम्झौता भएको भवन भत्काउन अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले सहयोग गरेको छ ।

जाइकाले भूकम्पले चर्काएको भवन भत्काएर तीन तले अत्याधुनिक भवन बनाउने भएको छ । आइओएमले अत्याधुनिक उपकरण प्रयोग गरी भवन भत्काइरहेको अस्पतालले जनाएको छ । भवन भत्काउँदा बिरामी र आसपासका बस्तीलाईसमेत असर नपर्नेगरी अत्याधुनिक उपकरणको प्रयोग गरीएको अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले बताए ।

चारसय १५ शय्या भएको प्रसूतिगृह अस्पतालमा अहिले भत्काएको मुख्य भवनमा मात्रै २६० शय्या थिए । त्यसमा बर्थिङ सेन्टर, ब्लर्ड बैंक, इमर्जेन्सी ल्याब, सुरक्षित गर्भपतन सेवा, पोस्ट–अप वार्ड, जनरल बेड, क्याबिन, पूर्वप्रसूति वार्ड तथा शिशुका लागि एनआइसियु समेत रहेको थियो । भूकम्पले चर्काएपछि ती सबै विभाग पूर्वतर्फ रहेको एकेडेमिक ब्लक तथा उत्तर र पश्चिम तर्फका भवनमा सारेर सञ्चालन गरिँदैआइएको छ । निर्देशक गौतमले नयाँ भवन भत्काइसकेपछि आगामी असारदेखि भवन निर्माणको कार्य थालनी हुने र सुरु गरेको १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको जानकारी दिए ।

नयाँ भवन बनेपछि त्यहाँ इमर्जेन्सी कक्ष, लेबर रुम( प्रसूति कक्ष) बर्थिङ सेन्टर, अप्रेसन थिएटर (डेलिभरी र पाठेघर) इमर्जेन्सी ओटी, पोस्ट–अप, ब्लड बैंक, इमर्जेन्सी ल्याब, एनआइसियुसहित ४० वटा शय्यासमेत रहने बताइएको छ । भवनमा एकेडेमिक तथा फ्याकल्टिसमेत रहने भएको छ । करिब एक अर्ब ५० करोड रुपैयाँको लागतमा बनाउन लागिएको भवनका लागि चाहिने अत्याधुनिक उपकरणसमेत जाइकाले उपलब्ध गराउने समझदारी भएको छ ।

 

Last modified on 2016-04-26 17:03:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts