छोरालाई ‘अटिजम’ भएको थाहा नपाएर तीनवर्ष तड्पिएकी आमाको कथा



Download our app to get more features

विवाहित जोडीका लागि सन्तान एउटा खुशीको कुरा हो । ११ वर्ष पहिला पहिलो सन्तानकोे रुपमा छोरो जन्मदाँ हाम्रो परिवारमा पनि विछट्टै खुशी छाएको थियो । तर, त्यो खुशी लामो समयसम्म टिक्न सकेन । छोरासँगै टोलमा अरु २/३ जना पनि जन्मिएका थिए । जन्मेको एक वर्षपछि छिमेकीका छोराछोरी खेल्ने, रमाउने, आमालाई खोज्ने, जस्ता व्यवहार देखाउँथे तर मेरो छोरामा त्यस्तोे व्यवहार देखिएन । मेरो छोराले नचिनेको मान्छेसँग पनि जाने, बोलाउँदा आँखामा आँखा नजुधाउने, एक्लै खेल्ने जस्तो व्यवहार देखाउन थाल्यो । 

त्यस समयमा मलाई मेरो छोरा किन बोल्दैन ? मेरो छोरा किन अरुसँग खेल्दैन ? मेरो छोरा बोलाउँदा किन हेर्दैन ? जस्तो लाग्थ्यो । तर, जुन कुरा कसैलाई पनि नभनि एक्लै सोच्ने गर्दथें । मनमा अजीवको छटपटी भइरहन्थ्यो । किन मेरो छोरा बोल्दैन । ९ महिना कोखमा राखेको आमालाई किन चिन्दैन ? र पनि कुनै कुनै बच्चा ढिलो बोल्ने सुनेका कारण त्यसलाई सामान्य सोचेर बसें । छोरा साँढे तीन वर्षको हुँदा मन्टेश्वरी स्कुल भर्ना गरिदिएँ । तर स्कुलमा पनि छोराको व्यवहार अन्य बच्चाहरुको जस्तो सामान्य देखिएन । शिक्षकले पनि बच्चामा समस्या रहेको बताएपछि चिन्तित हुँदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदा त्यहाँ चिकित्सकले मानसिक बिकास असामान्य प्रकृतिको भएको बताए । 

त्यहि क्रममा जर्मनी चिकित्सकसँग भेट भयो । उहाँले बच्चाको जाँच पछि एक हप्ता पछि बोलाउनु भयो । एक हप्तापछि  जर्मनी चिकित्सकले अटिजम भएको भन्दै अटिजम कयेर नेपाल सोसाइटीमा पठाए ।

त्यो भनेको के त ? मलाई केही थाहा भएन । श्रीमान काठमाण्डौं हुनु भएका कारण परिवारको सल्लाहमा थप उपचारका लागि काठमाडौंमा आएँ । त्यसपछि दोधारमा परें, काठमाडौं आइयो अव कहाँ लाने । यसको उपचार कस्ले गर्छ, यसको निदान कस्ले गर्छ ? 

मेरो बसाई नखिपोट भएको हुँदा नजिकै सिपी सेन्टरमा लगे । करिब एक महिना त्यहाँ लगे । तर त्यहाँ मैले धेरै फरक पाए । त्यहाँका बच्चाहरुमा शारीरिक रुपमा गाह्रो देखे तर, मेरो बच्चामा शारीरिक रुपमा कुनै पनि किसिमको समस्या थिएन । त्यहि क्रममा जर्मनी चिकित्सकसँग भेट भयो । उहाँले बच्चाको जाँच पछि एक हप्ता पछि बोलाउनु भयो । एक हप्तापछि  जर्मनी चिकित्सकले अटिजम भएको भन्दै अटिजम कयेर नेपाल सोसाइटीमा पठाए । 

अटिजम मेरो लागि नौलौ नाम थियो । निदान त भयो तर अटिजम भनेको कस्तो रोग हो भन्नेबारेमा सोधखोज गर्न थालें । जब अटिजमको बारेमा राम्ररी बुझें उसबेला संसारै अध्यारो देखें ।

अटिजम मेरो लागि नौलौ नाम थियो । निदान त भयो तर अटिजम भनेको कस्तो रोग हो भन्नेबारेमा सोधखोज गर्न थालें । जब अटिजमको बारेमा राम्ररी बुझें उसबेला संसारै अध्यारो देखें । मैले सामान्य रोग होला भन्ठानेको थिए, तर मैले सोचेजस्तो सामान्य कहाँ रहेछ र ? । अटिजम निको नहुने जीवन भर रहने समस्या रहेछ । त्यस समयमा मलाई साह्रै गाह्रो भएको थियो । त्यस क्षणको कल्पना समेत गर्न सक्दिनँ । 

अटिजम केयर नेपाल सोसाइटीमा तालिम लिएँ । तालिममा सिकाइएको कुरालाई पच्छाउदै गर्दा केही परिवर्तन देखियो । आँखामा आँखा जुधाउने, एक एक बटा शब्द बोल्न थाल्यो । अहिले आफुलाई आवश्यक कुराहरु दुई शब्द बोल्ने भएको छ । 

छोरामा त्यस समयको अवस्था र अहिले अवस्थालाई हेर्ने हो भने आकास पातालका भिन्नता रहेको छ । 

छोराको लागि हामी सामाजिक जीवनमा भने सक्रिय हुन सकेका छैनौ, अरु त सामान्य लाग्न थालिसक्यो । जसका कारण सार्वजनिक स्थलमा बच्चालाई लिएर जान समस्या हुँदै आएको छ ।

छोराको लागि हामी सामाजिक जीवनमा भने सक्रिय हुन सकेका छैनौ, अरु त सामान्य लाग्न थालिसक्यो । जसका कारण सार्वजनिक स्थलमा बच्चालाई लिएर जान समस्या हुँदै आएको छ । त्यहाँ म बच्चालाई हेर्ने की मानिसलाई बुझाउने यो ठूलो समस्या रहेको छ । सबै जनाले अटिजमका बारेमा नबुझेको हुदा धेरै समस्या झेल्नु परेको छ । कतिपय अवस्थामा छोराको व्यवहार देखेर मानसिक समस्या हो भन्ने गरेका छन् । 
त्यसैले कुनै ठाँउमा जादा होस् या यात्रा गर्दा अटिजमको पम्पलेटहरु लिएर जाने गरेको छु । जसका कारण अरुले पनि बुझ्ने गरेका छन् । साथै अहिले अटिजम केयर नेपाल सोसाइटीमा बसेर अटिजम भएका परियारलाई तालिम दिनुको साथै अटिजमको बारेमा जनचेतना जगाउँदै आएको छु । जसका कारण परिवारले सुरुको अवस्थामा निदान गरी मैले जस्तो समस्या भोग्न नपरोस् । 

अटिजम कुनै मानसिक समस्या होइन् । यो कुरा सबैले बुझ्न जरुरी छ । कतिपय परिवार मानसिक समस्या भएको भन्दै खुलेको पाइँदैन । तर, बच्चाहरु एक्लै बस्ने, आँखामा आँखा नजुधाउने, केटाकेटीसँग नखेल्ने वा घुलमिल नहुने, बोलाउँदा नबोल्ने तथा कहिलेकाहीँ नसुने जस्तो गर्ने, असान्दर्भिक तरिकाले हाँस्ने, शब्द वा वाक्य दोहो¥याउने, आफुलाई चाहिएको वस्तु औंलाले देखाउने, विना कारण रुने, कराउनेजस्ता लक्षण देखा परेमा अटिजम पनि भएको हुन सक्छ । त्यसैले यस्ता लक्षण देखा परेमा लुकाएर राख्नु भन्दा पनि समयमै यसको निदान गर्नु राम्रो हुन्छ ।   
प्रस्तुतिः बासुदेव न्यौपाने

Last modified on 2017-09-02 14:40:16

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. उमेश सोती on Sun, Jun 18 2017 10:03 AM

    मेरो छोरामा डाउन सिड्रोम छ । अटिजम र डाउड सिड्रोम भएको बच्चाहरुलाई बिशेस किसिमले व्यवाहिरक ज्ञान दिनु उत्तम रहेछ । जब सम्म हामी समाजमा यो सामान्य रोग हो भन्ने बुझ्न सक्दैनौ तब सम्म हामी खुशी हुन सक्दैनौ । यस्तो समस्या भएका नानीहरुलाई विशेष केयर गर्नु पर्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts