भाइरल ज्वरोले तीन जनाको मृत्यु
डोल्पा, ३१ जेठ । एक सातादेखि मुडेचुला गाउँपालिकाको सुर र नर्कुमा फैलिएको भाइरल ज्वरोले तीन जनाको मृत्यु भएको छ ।
दुवै गाउँमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, जिउ दुख्ने लगायतका बिरामी बढ्दै गएका छन् । भाइरल ज्वरोले मुडेचुला ६ सुरकी ७ वर्षीया पूजा शाही, ६० वर्षीय लालबहादुर बुढा र ६९ वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका महामारी नियन्त्रण शाखाका सम्पर्क व्यक्ति रनलाल कुलालका अनुसार तीनै जनाको एक साताको अवधिमा मृत्यु भएको हो । उनका अनुसार नर्कु र सुर गाउँमा १ सय २ जनामा ज्वरोको संक्रमण देखिएको छ ।
रोग नियन्त्रणका लागि इल स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली खटाइएको उनले जनाए । प्रकोप क्षेत्रमा ओषधिको अभाव हुन थालेकाले औषधि पठाउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
(आजको कान्तिपुर दैनिकमा समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>