खालिपेट व्रत बस्नुहुन्छ ? पत्थरी हुन सक्छ !
काठमाडौं, ३० जेठ । विश्वमा नै पित्तथैलीको पत्थरी झिक्न गरिने अप्रेसन सबैभन्दा धेरै गरिने अप्रेसनअन्तर्गत पर्छ । पित्तथैलीको पत्थरीको एक मात्र उपचार अप्रेसन गरेर निकाल्नु हो । समान्यतः पित्तथैलीको पत्थरीका बिरामीमा त्यस्तो कुनै लक्षण देखिँदैन । अरु कुनै कारणले पेटको भिडियो एक्सरे गर्दा पित्तथैलीमा पत्थरी देखिन सक्छ । सोहि आधारमा उपचार गर्नुपर्ने हुन्छ । यस्तो पत्थरी हुनेमध्ये अधिकांशलाई पेट दुख्ने समस्या देखापर्छ । समान्यतया पित्तथैलीको पत्थरी भएका मानिसमा देखापर्ने लक्षणबारे डा. राकेशकुमार साह यसो भन्छन् :
- अत्याधिक मोटोपन, मधुमेह भएका बिरामीलाई पत्थरी हुन सक्छ । त्यस्तै, शरीरको तौल धेरै घट्नु, निरन्तर खाली पेट व्रत बस्नु, रक्त अल्पता हुनु पनि यसको लक्षण हो । गर्भनिरोधक चक्कीको बढी सेवन पनि पित्तथैलीमा पत्थरी हुन सक्छ ।
- पत्थरीका कराण हुने दुखाइ दाहिने कोखा वा माथिल्लो पेटमा हुन्छ । यो दुखाइ कहिलेकाँही दाहिने पाखुरा वा ढाडतिर पनि सर्न सक्छ । चिल्लो खानेकुरा खाएपछि यस्तो दुखाई बढ्ने गर्छ । यसरी देखापरेको दुखाइ २४ घण्टाभित्र ठीक हुने गर्दछ । जटिल हुँदै गएपछि हरेक दिनजस्तो दुख्न थाल्छ ।
- पित्तथैलीको पत्थरीको अर्को मुख्य लक्षण भनेको पेट ढुस्स फुलेजस्तो भान हुने, अपच हुने र डकार आउने हुन्छ ।
- पित्तथैलीको पत्थरीबाट कमलपित्त(जण्डिस), अगनाशयको संक्रमण,पित्तथैलीको क्यान्सरजस्ता समस्या देखापर्न सक्छ ।
- दुखाइ कम हुने कारण कतिपय बिरामी अप्रेसन गरेको चारदेखी ६ घण्टाभित्रै हिंडडुल गर्न सक्छन् । समामान्य मानिससरह खानेकुरा समेत खान सक्छन् ।
- अप्रेसन गरेको २४ घण्टामा बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्न पनि सकिन्छ । अप्रेसनको ४८ देखी ७२ घण्टामा बिरामी सामान्य जीवनशैलीमा कामकाज गर्न सक्ने हुन्छन् ।
(आजको नयाँपत्रिका दैनिकबाट)
Last modified on 2017-06-13 11:25:14