‘कक्लिएर इम्प्लान्ट’ शल्यक्रिया सुरु



Download our app to get more features

भक्तपुर, २९ जेठ । नयाँ थिमिस्थित मध्यपुर अस्पतालले जन्मजात कान नसुन्ने बिरामीलाई सुन्न सक्ने बनाउने ‘कक्लिएर इम्प्लान्ट’ शल्यक्रिया सुरु गरेको छ ।

काभ्रे पनौतीका सुमनसुन्दर सैंजुका २७ महिने छोरा जोसनको कानमा शनिबार करिब डेढ घण्टा लामो शल्यक्रिया सफल भएसँगै यो सेवा सुरु गरिएको अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै जनाएको छ । 

नाक कान घाँटी विशेषज्ञ सर्जन डा. रविन्द्रभक्त प्रधानाङ्गको टोलीले यो शल्यक्रिया गरेको हो । ‘पछिल्लो समय भित्रिएको महँगो यो शल्यक्रियाबाट हालसम्म नेपालमा ८५ बिरामी लाभान्वित भएका छन्,’ डा. प्रधानाङ्गले भने, ‘जन्मजात कान नसुन्ने व्यक्ति बोल्न पनि नसक्ने भएकाले बहिरो वा लाटो हुन बाध्य हुन्छन् । तर यो प्रविधिको शल्यक्रियापछि सुन्न सकिन्छ । विस्तारै सिकाएर बोल्न सकिने पनि बनाउन सकिन्छ ।’

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2017-06-12 10:44:43

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts