चर्किदै भक्तपुर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रबीच विवाद



Download our app to get more features

काठमाडौं,२७ जेठ । भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सरकारी स्वास्थ्य संस्था भक्तपुर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रबीच आरोप प्रत्यारोप भएको छ । 

भक्तपुर अस्पतालले आफ्नो आन्तरीक मामिलामा  मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले हस्तक्षेप गरेको आरोप लगाएको हो । भक्तपुर अस्पतालका केडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले अस्पतालको सुवा चुस्तदुरुस्त र प्रभावकारी बनाउने क्रममा कार्यकारी निर्देशक डा. श्रेष्ठले आफ्ना चिकित्सकलाई उचालेर आफूविरुद्ध प्रयोग गरेको आरोप लगाए । डा.देवकोटाले अस्पतालको गतिविधिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डा. श्रेष्ठले हस्तक्षेप गरेर अस्पतालको प्रगती र विकासमा बाधा पुर्याएको सुनाए ।  

डा. श्रेष्ठले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उचालेर आफूविरुद्ध हस्ताक्षर अभियानसमेत थालेको उनको भनाई थियो ।  एनेस्थेसियन चिकित्सक डा.सरिता श्रेष्ठको नेतृत्वमा भक्तपुर अस्पतालका ५५ जनाले मेसु डा. देवकोटाविरुद्ध हस्ताक्षर संकलन अभियान चालिएको थियो  डा.श्रेष्ठले अस्पतालको पूर्णकालिन कर्मचारी भएर पनि हप्तामा दुई दिन मात्रै आएर बाँकी दिनको समेत हाजिर गर्दै आएका मेसु डा. देवकोटाले सुनाए । आफू अस्पताल प्रशासन प्रमुख भएर आएपछि डा.सरितालाई सार्वजनिक बिदाबाहेक प्रत्येक दिन अस्पताल आउन निर्देशन दिएको रिसमा उक्त हस्ताक्षर अभियान थालिएको र त्यसमा डा. पुकारचन्द्र श्रेष्ठको हात रहेको उनले सुनाए । मैले आफ्ना चिकित्सकलाई सरकारी निर्णय अनुसार काम गर्न भन्दा उल्टै गाली खानुपर्यो, उहाँहरुले हाम्रो पछाडि ठूला मान्छे छन्, भन्दै मेडिकल सुपरिटेन्डेन्टको जागिर खाइदिने धम्की धम्कीसम्म दिनुभयो, उनले भने –‘मैले बुझ्दै जाँदा केन्द्रका कार्यकारी प्रमुख डा.पुकारचन्द्र श्रेष्ठले मेरा चिकित्सक एंव स्वाथ्यकर्मीलाई उचाल्नुभएको रहेछ’ । 
यता, मानव अंग प्रत्यारोपण केन्द्का कार्यकारी प्रमुख डा.श्रेष्ठले भने आफूमाथि भक्तपुर अस्पतालका मेसु डा.देवकोटाले लगाएको सम्पूर्ण आरोप अस्वीकार गरे । उनले भक्तपुर अस्पताल र केन्द्र फरक–फरक स्वास्थ्य संस्था भएकाले आफूले त्यहाँ हस्तक्षेप गर्ने कुरा कपोकल्पित र झुटो भएको सुनाए । भक्तपुर अस्पतालमा के हुन्छ र के गर्नुपर्छ त्यो मेरो सरोकारको विषय होइन, डा. श्रेष्ठले भने– ‘मलाई केन्द्रमै हेर्न भ्याई नभ्याई छ’ । त्यहाँ किन हस्तक्षेप गर्नुपर्यो ? डा. श्रेष्ठले स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पताल र केन्द्र समायोजन गर्ने प्रक्रिया अघि बढाएकाले आफुमाथि उक्त आरोप लगाइएको हुनसक्ने बताए । 
(आजको अन्नपूर्णपोष्ट दैनिकबाट)

 

Last modified on 2017-06-11 14:12:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts