सम्झेर भएपनि प्रत्येक दश सेकेण्डमा आँखा झिम्काउँ, नत्र आउला यस्तो समस्या !
काठमाडौं, जेठ २६ । हाम्रो शरीरको निकै महत्वपूर्ण अंग हो आँखा । आँखाबिनाको जीवन कल्पना गर्दा समेत पनि आङ सिंरिग हुन्छ ।
तर संसार देखाउने आँखामा विभिन्न कारण वंश अनेक समस्या आउने गर्दछन् । कतिपय समस्यलाले त आँखाको ज्योती नै गुम्ने अवस्था आउँदछ । हामी जानेर वा नजानेर आँखाको उचित स्याहारमा ध्यान दिइरहेका हुदैनौं । आजभोलीको व्यस्त जीवनशैली, प्रदुषित वातावरण तथा प्रविधीमा बढ्दो लगावले आँखालाई प्रत्यक्ष परोक्ष असर परिरहेको हुन्छ । यसमध्ये आँखा सुख्खा हुने र पोल्ने रोग प्राय मानिसको साझा रोग जस्तै बनिरहेको छ ।
आखिर किन हुन्छ त आँखा सुख्खा ? आँखा रोग विशेषज्ञ डाक्टर इरिका कंसकार यसो भन्नुहुन्छ :
- आँखा गर्मीमा मात्र सुख्खा हुन्छ भन्ने धाराणा गलत हो । यो जुनसुके बेला पनि हुन सक्छ गर्मीमा अलि बढी सुख्खा हुने मात्र हो ।
- जोर्नी सम्बन्धी रोगका कारण आँखा सुख्खा हुन सक्छ ।
- महिलाहरुको महिनावारी हुने समयमा हर्मोनको गडबडीका कारण ।
- प्रदुषित वातावरणका कारण ।
- आँखा पाक्ने रोग लागेको छ भने आँखा सुख्खा हुन सक्छ ।
- आँखाको कर्निक एलर्जीका कारण ।
- लामो समयसम्म कम्प्युटर, मोबाईल, टिभी लगायतका सामान प्रयोग तथा हेरिरहँदा ।
- को लगातार प्रयोगले त्यसो हुन सक्दै जसका काराण आँखा सुख्खा हुन पुग्दछ । मोबाईलप्राकृतिक रुपमा हाम्रो आँखा प्रत्येक दश सेकेण्डमा आफैं झिम्किन्छ तर कप्यूटर,
- भिटामिन ए को कमिले ।
- धुलो, धुँवामा हिड्दा एलर्जीका कारण ।
- घाममा बढी हिड्दा ।
आँखालाई सुख्खा हुन नदिने उपायहरु :
- एकहोरो हेरीनरहने, बेला बेला मनले सम्झेर पनि आँखा झिम्काउँने ।
- घाममा, धुलोमााा निस्किदा, चस्मा सनग्लासहरु लगाउने ।
- भिटामिन ए युक्त खानेकुराहरु जस्तो हरियो साग, पहेँला फलफूलहरु प्रशस्त खाने ।
- पानी प्रशस्त पिउने ।
Last modified on 2017-09-02 15:01:20