पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना

What's This?


Download our app to get more features

काठमाण्डौं, १२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द उपचारका लागि अस्पताल भर्ना भएका छन् । पूर्व प्रधानमन्त्री चन्द प्रोष्टेड बढेपछि अप्रेसनका लागि बल्खुस्थित वयोधा अस्पतालमा भर्ना भएका हुन् ।
उनको आइतबार दिउँसो २ बजे शल्यक्रिया हुने अस्पतालले जनाएको छ ।

चन्दको उपचारमा वरिष्ठ युरोलोजिस्ट डा. असर्फी साहको टोली संलग्न रहेको छ । उनी लामो समयदेखि प्रोष्टेडको समस्याले ग्रस्त भएको पारिवारीक स्रोतले जनाएको  ।

यसअघि पनि चन्द वयोदामा उपचारका लागि भर्ना भएका थिए ।

 

Last modified on 2016-04-24 14:58:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts