नेशनल बाथरोग सेन्टरले मनायो चौथो वार्षिकोत्सव (फोटो फिचर सहित )



Download our app to get more features

काठमाडौ, २२ जेठ । नेशनल बाथरोग सेन्टरले आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ ।  सोहि अवसरमा सेन्टरले बाथरोगीको बारेमा यकिन तथ्याकं तथा अवस्थाबारे अनुसन्धानको काम पनि सुरु गर्ने भएको छ । अनुसन्धानका लागि केन्द्रले एमबीबीएस चिकित्सक बिभुति उप्रेती तथा अनुसन्धानकर्ता रक्षा जोशीलाई नियुक्ति समेत गरेको छ । 

४ वर्षदेखि निरन्तर बाथारोगको उपचारमा काम गर्दै आएको संस्थाले नेपालमा बाथरोगी कति छन् र उनिहरुलाई कस्तो समस्या छ भन्ने आधिकारीक तथ्याकं कतै नभएकाले सेन्टरले अनुसन्धानका लागि ‘नट कोर्ड‘ कार्यक्रम सुरु गरेको सेन्टरका अध्यक्ष एवं बाथ रोग विशेषज्ञ डा. बिनित बैद्यले बताए ।

नेपालमा बाथ रोगको जटिलता बढ्दै गएको भए पनि सरकारको प्राथमिकतामा पर्न नसक्दा अझैपनि जनमानसमा बाथरोगको बारेमा आवश्यक चेतना पुग्न नसकेको समेत बताए । 
विश्व स्वास्थ्य संगठनका अनुसार कुल जनसंख्याको करिब १० प्रतिशतलाई बाथ रोगी रहेका छन् । नेपालको कुल जनसङख्याको दश प्रतिशत अर्थात लगभग तिस लाख मानिसलाई कुनै न कुनै प्रकारको बाथ रोग भएको अनुमान गरिएको छ । ती मध्ये जम्मा पन्ध्र प्रतिशत बिरामी मात्र उपचरको पहुचमा छन् । 

यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव र सरकारको प्राथमिकतामा पर्न नसकेको कारण बाथरोगबाट ८५ प्रतिशत बिरामी उपचार सेवा पाउनबाट बञ्चित भएका छन्, जुन ज्यादै दुखलाग्दो कुरा हो, डा. बैद्यले भने, ‘बाथरोगीले विशेषज्ञवाट उपचार सेवा नपाउदा धेरैको उत्पादनशिल तथा उर्जाशिल समय खेर गइरहेको छ, यसतर्फ राज्यको ध्यान पुग्नु जरुरी छ ।’ 

वार्षिकोत्सब सामारोहका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले बाथरोगको उपचारको क्षेत्रमा सेन्टरले गरेको कामको प्रशंसा गर्दै बाथरोगको उपचार सेवा बिस्तारका लागि सरकार सेन्टरसँग सहकार्य गर्न तयार रहेको बताए  ।

नेपाल बाथ रोग निवारण सघंका अध्यक्ष  प्रसान्त मान्धरले नेपालमा बाथ रोगको जटिलता बढ्दै बढ्दै गएको औल्यादै विश्वमा यसको औषधि र उपचार सेवामा धेरै अगाडी बढिसकेको बताए । उनले विश्व बजारमा बिकास भइसकेका औषधिको आयातका लागि खुल्ला स्वास्थ नितिको आवश्यक रहेको औल्याए । 

त्यसैगरी, वार्षिकोत्सव समारोहमा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले सेन्टरले स्थापना काललेखि हालसम्म बहिरगं सेवा तथा शिविर गरेर करिब ७५ हजार बिरामीलाई सेवा दिइसकेको बताए । उनले बिगतका वर्षहरुमा सेन्टरले उपचरको क्षेत्रमा धेरै काम गरिसकेकाले रोगको बारेमा अनुसन्धान र मेडिकल शिक्षाको क्षेत्रलाई पनि सँगसँगै लैजाने योजना रहेको बताए । 

सोहि समारोहमा सेन्टरले आफ्ना चार शाखा तथा विभागका आधा दर्जन भन्दा बढि उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । सेन्टरले बाथरोगको उपचारका लागि सप्ताहब्यापी निशुल्क शिविरको आयोजना समेत गरेको छ ।


 

Last modified on 2017-06-05 21:32:27

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts