एपेन्डिक्सको शल्यक्रियापछि महिलाको ज्यान गयो
बैतडी, २१ जेठ । एपेन्डिक्सको अप्रेसन गरि सकेपछि एक महिलाको रहस्यमय ढंगले मृत्यु भएको छ ।
बैतडी पुर्चौडी नगरपालिका–८ की २४ वर्षीया निर्मला विकको जिल्ला अस्पताल बझाङमा शल्यक्रियापछिलगत्तै ज्यान गएको हो । शुक्रबार बेलुकी जिल्ला अस्पतालका डा.अनुप रेग्मीले शल्यक्रिया गरेर साधारण वार्डमा सारिएकी निर्मलाको शनिवार विहान ४ बजेतिर ज्यान गएको श्रीमान् महेश विकले बताए । निर्मलासँगै सात महिनाका दुधे छोरा पनि छन् ।
डाक्टरले कुनै वास्ता नगरेका कारण श्रीमतीको ज्यान गएको मृतक निर्मलाका श्रीमान् महेशको आरोप छ । राति ३ बजेतिर सँगै रहेको छोरालाई आमाको दुध खुवाएको र त्यतिवेला राम्रै रहेकी निर्मलाको एकाएक स्वास्थ्य अवस्था बिग्रेपछि ज्यान गएको हो । बच्चालाई आमाको दुध खुवाएपछि आफू निदाएको र बच्चा कराएपछि उठेर हेर्दा चढाएको स्लाइन सकिएको अवस्थामा बिहान ४ बजे निर्मला मृत अवस्थमा भेटिएको श्रीमान् महेशले बताए ।
शल्यक्रियामा सहभागी डा.अनुप रेग्मीले भने अप्रेसन गर्दा बिरामी निकै डराएको कारणले ज्यान गएको हुन सक्ने प्रतिक्रिया दिएका छन् ।
(आजको नयाँ पत्रिका दैनिकमा लेखेको समाचार)
1 Comments
-
hamro desh ma nakkali doctor haru dheroi theyo.aajhai baki raixa pakkai yo nakale doctor ko kaam hunuparxa.natra ka marxa ho dar lea nai birami dar lea birami marnea vaye koi birami pane bachdaina theyo ne dar koslai lagdaina ra??
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>