क्यान्सर उपचारका लागि सहुलियत निजी अस्पतालमा पनि पाइन्छ !



Download our app to get more features

नेपालमा मात्र होइन संसारभर क्यान्सर रोगीहरुको संख्या बढीरहेको छ । नेपालमा क्यान्सर बिरामीको कुनै आधिकारिक तथ्यांक नभएको हुँदा कुन क्षेत्रमा कति र कस्ता क्यान्सरका बिरामी छन् भन्ने उपयुक्त विवरण छैन । जसका कारण बिरामीको संख्या र मृत्युको संख्या यकिनका साथ भन्न सकिँदैन । यद्यपी नेपालमा हरेक वर्ष करिब २५ हजारको हाराहारीमा नयाँ क्यान्सरका बिरामी थपिने अनुमानित तथ्यांक छ । क्यान्सरका बिरामीको संख्या तथा अस्पतालमा आउने बिरामीको तथ्यांकका आधारमा नयाँ बिरामीको संख्यामा बृद्धि भएको अनुमान गर्न सकिन्छ । 

क्यान्सर के कारणले हुन्छ भन्ने बैज्ञानिक कारणमा एकमत नभएपनि विविध कारणले मानिसलाई क्यान्सरको जोखिम रहने गर्छ । जसमा लामो समयसम्म बाँच्नु, नेपालमा परीक्षण र उपचार सहज हुँदै जानुलेपनि क्यानसरका बिरामीको बृद्धि भएको देखाउँछ । यसलाइ क्यान्सरको रोगी बढेको वा धेरै बिरामी परीक्षण वा उपचारमा आएको भनेरपनि व्याख्या गर्न सकिन्छ । मानिसको रहनसहन, जीवनशैली परिवर्तन, वातावरण जस्ता कारणले पनि क्यान्सर निम्तिरहेको छ । सूर्तिजन्य पदार्थको अत्याधिक सेवन पनि नेपालमा क्यान्सर वृद्धिको मुख्य कारण बन्न गएको छ । 

क्यान्सर एउटा यस्तो रोग यसमा एउटा मात्र उपचार नभएर शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी जस्ता विधिबाट उपचार गर्नुपर्ने हुन्छ । लामो समयसम्म पनि उपचार गर्नुपर्ने हुनसक्छ । जसले गर्दा यसको उपचार महंगो लाग्ने गर्छ । विस्तारै मानिसहरु अलि जागरुक भएको हुँदा पहिलो चरण (स्टेज)मै कतिपय बिरामी उपचारको पहुँचमा आउन थालेको पाइएको छ । जसले गर्दा क्यान्सर स्टेज पहिलो वा दोस्रो स्टेजमै पत्ता लगाउन सक्दा भने पूर्ण रुपमा क्यान्सर निर्मुलपनि भएको छ । क्यान्सरमा सम्पति पनि जाने ज्यान पनि जाने त्यती बेला हुन्छ जव अन्तिम अवस्थामा रोग पत्ता लाग्छ र अस्पताल पुगिन्छ ।

सरकारले क्यान्सर बिरामीका लागि एक लाख रुपैया बराबरको उपचार सहुलियत दिने गरेको छ । यो एउटा राम्रो सुरुवात हो यद्यपी एक लाखले क्यान्सर उपचार गर्न पुग्दैन । त्यसैले सरकारले कम्तिमा ५ लाखसम्म दिनुपर्छ । तर एक लाखमा उपचार नै हुदैन भन्ने चाहीँ होइन । स्तन क्यान्सरमा एक लाखमा पनि उपचार सम्भव रहेको छ । यस्तो अवस्था धेरै कम मात्रामा रहेको हुन्छ । सरकारले यसको उपचारमा थप सहयोग बढाउने तयारी गरेको सुन्न आएको छ । यसो गरेमा मात्र क्यान्सरको उपचार सम्भव रहन्छ । 
हाल वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, शिक्षण अस्पताल महाराजगंज लगायत सरकारी अस्पतालबाट सरकारी सुविधा लिन सकिन्छ । साथै नेशनल क्यान्सर हस्पिटलले क्यान्सर केयर नेपालबाट सहयोग क्यान्सर बिरामीका लागि एक लाख बराबरको सहुलियत दिँदै आएको छ  । हाल प्राइभेट अस्पताल अन्तरगत नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबाट पनि सरकारी सुविधा दिन सुरु गरिएको छ । 

सरकारी अस्पतालले जुन रुपमा सेवा दिइरहेका छन,् सरकारले उनीहरुलाई जुनरुपमा मापदण्ड तोकेको छ त्यसै अन्तरगत रहेर हामीले पनि सेवा दिने हो । सरकारले भरतपुर क्यान्सर अस्पतालका लागि मापदण्ड बनाएको छ । सबै अस्पतालले सोही मापदण्ड उनुसार सेवा दिइरहेको हुँदा हामीले पनि सोही मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । हामी सुविधा सम्पन्न भएको अवस्थामा र प्राइभेट क्षेत्रमा जाँदा उपचार र रिपोर्ट पनि छिटो पाउँछन् । जसले उपचार पनि छिटो पाउन सक्छन् । हामीले पनि विपन्नलाई सरकारले दिए अनुसार निशुल्क गर्न सक्छौं । 

सरकारले क्यान्सर बिरामीका लागि दिँदै आएको सहयोग प्राइभेट अस्पताललाई पनि दिँदा क्यान्सर बिरामीले छिटो भन्दा छिटो उपचार सुविधा लिनसक्ने थिए । सरकारी सहयोगमा लागि सरकारी अस्पतालमा रहेको चाप पनि कम हुनसक्छ । बिरामीको चापका कारण रेडियोथेरापी, केमोथेरापी गर्न पनि कुर्नुपर्ने अवस्था रहेको छ । प्राइभेट अस्पतालमा कुनै पनि बिरामीमा क्यान्सर निदान भएमा उनीहरु सरकारी सहयोगका लागि सरकारी अस्पतालमा लाइन बस्न जाने गरेको पाइएको छ । यसरी प्राइभेट अस्पताललाई सुविधा दिने हो भने उनीहरुको उपचार प्रक्रिया छिटो हुनुको साथै रोग निको पार्न पनि सजिलो हुनसक्छ । 

(डा. घिमिरे क्यान्सर रोग विशेषज्ञ तथा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर हुन् )

Last modified on 2017-06-14 12:34:02

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts