गर्मीमा सरुवा रोगको जोखिम, बच्ने सहज उपाय



Download our app to get more features

मानिसमा हवा, पानी, लामखुट्टे लगायतका कीटबाट सरुवा रोगको संक्रमण हुने गर्छ । हावा, पानी तथा कीटजन्य रोगहरुको तीव्रता त्यसको इन्कुभेसन समयमा आधारित हुन्छ । इन्कुभेसन समय भन्नाले संक्रमण भएको अवधिदेखि लक्षण देखिने अवधिसम्मलाई बुझाउँछ । रुघाखोकी, इन्फ्लुइन्जाजस्ता हावाबाट सर्ने रोग छोटो इन्कुभेसन समयका हुन्छन् । तर, हावाबाट सर्न सक्ने टिबी, ठेउला, दादुराजस्ता सरुवा रोगको जोखिम भने उत्तिकै देखिन्छ ।

पानीको संक्रमणबाट हुने रोग

पानीबाट सर्न सक्ने रोगहरु विशेषगरी टाइफइड, हेपाटाइटिस (ए र ई),झाडापखाला, लेप्टो स्पाइरोसिस, हैजालगायतका छन् । अहिले स्वदेशी तथा विदेशी विशेषञहरुले पनि हैजबाट हुन सक्ने महामारीलाई विशेष ध्यान दिएको देखिन्छ । हैजाले केही घन्टामा नै विरामीलाई मृत्युको मुखमा पुर्याउन सक्छ । त्यसैले यसलाई अरु झाडापखाला गराउने रोग भन्दा विशेष निगरानी राख्नुपर्ने हुन्छ ।

बढी देखिने सरुवा रोग

सरुवा रोगको जोखिमबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिन जरुरी छ । बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिमा पानीजन्य समस्याको प्रकोप उच्च हुन्छ । नेपालीहरुका लागि परिचित रोग टाइफाइड पानी र दूषित खानाबाट सर्ने रोग हो । त्यस्तै, झाडाखाला नेपालमा वर्षेनी देखिने अर्को प्रमुख समस्या हो । हैजाबाहेक झाडापखाला अन्य व्याक्टेरिया, प्रोटोजोवा, भाइरसजस्ता जीवाणुका कारणले पनि हुन सक्छ । नेपालमा झाडपखालाको कारणबारे विस्तृत अध्ययन खासै भएको पाइँदैन । सिंगेला, सालमोनेला, कम्पालो ब्याक्टेरिया, इकोलाइजस्तो ब्याक्टेरियाको पनि झाडापखाला गराउनमा महत्वपूर्ण भूमिका देखिन्छ । त्यस्तै, इहिस्तोलाइटिका, जिर्याजियासिसजस्ता प्रोटोजोवा जीवाणुहरु नेपालमा व्यापक देखिन्छ । रोटाभाइरस, नोरोभाइरस, सापोरो भाइरस, एस्ट्रो भाइरसजस्ता भाइरस पनि झाडापखाला गराउनमा प्रमुख भूमिका खेलेको विभिन्न अनुसन्धानले देखाएका छन् । तर, नेपालमा यी भाइरसहरुको विस्तृत अनुसन्धानले देखाएका छन् । तसर्थ, नेपालमा भाइरल डाइरियाको अवस्था वा प्रभाव अज्ञात नै देखिन्छ ।

सरुवा रोगबाट बच्न

सफा साबुनपानीले हात धोएर खानेकुरा खाने । सँधै उमालेको शुद्ध पानी मात्र पिउने ।

बासी खानेकुरा नखाने ।

रबाहिरबाट आएपछि र शौचालय गएपछि साबुनपानीले राम्ररी हातखुट्टा धुनुपर्छ ।

टोछेउमा अव्यवस्थित रुपमा बनाइएका खाना नखाने ।

फोहोर र झिँगा भन्केका र नपाकेको मासु, खानालगायत खानेकुरा नखाने ।

फलफूललाई सफा पानीले धोएर खाने, खानेकुरालाई राम्ररी छोपेर राख्ने ।

कुैपनि संक्रमित व्यक्तिको नजिक जाँदा मास्क प्रयोग गर्ने ।

संक्रमित व्यक्ति ले प्रयोग गरेका सामग्री अन्य व्यक्तिले निर्मलीकरण गरेर मात्र प्रयोग गर्ने ।

भिडभाडमा कम जाने ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट) 

Last modified on 2017-06-14 15:51:10

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts