कुमारी बैंकका खातावालाले सस्तोमा उपचार गर्न पाउने

What's This?


Download our app to get more features


काठमाडौं, ११ फागुन । कुमारी बैंकले 'कुमारी स्वस्थ जीवन बचत खाता’ अन्तर्गत राजधानीका विभिन्न चारवटा अस्पतालसँग साझेदारी गरी ग्राहकलाई उपचारमा छुट दिने भएको छ ।
बैंकले नर्भिक इन्टरनेसनल हस्पिटल, ग्रान्डी इन्टरनेसनल हस्पिटल, बयोधा हस्पिटल र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटसँग उपचार सहुलियत सम्बन्धी सम्झौता गरेको हो ।
सम्झौताअनुसार बैंकको ’कुमारी स्वस्थ जीवन बचत खाता’ खोल्ने ग्राहकले उक्त अस्पतालहरुमा शल्यक्रिया, भर्ना शुल्क र अन्य उपचारहरुमा विशेष छुट पाउनेछन् । साझेदारी भएका अस्पतालमध्ये नर्भिक, बयोधा र ग्रान्डीले खातावालालाई १० प्रतिशतसम्म छुट दिनेछ । त्यस्तै बसुन्धारास्थित चिरायु अस्पतालले १५ प्रतिशतसम्म छुट दिने बैंकले जनाएको छ ।
सेवालाई विस्तार गर्न कुमारी बैंकले भविष्यमा थप अस्पतालहरुलाई पनि समेटी उपचारसेवामा छुटको व्यवस्था गर्ने जनाएको छ ।

 

Last modified on 2016-02-23 15:19:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts