प्रस्तावित मनमोहन मेडिकल कलेजले गर्यो स्वास्थ्य शिविर

काठमाण्डौं,१० बैशाख । मनमोहन अधिकारीको १७ औं स्मृति दिवसका अवसरमा मनमोहन मेडिकल कलेजले एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । दमको रोगले ग्रसित भएर मृत्युवरण गरेका मनमोहनको संझनामा प्रस्तावित मेडिकल कलेजले एकदिने निशुल्क स्वास्थ्य शिविर तथा रत्तदान कार्यक्रमको आयोजना गरेको हो ।
अस्पतालमा आयोजित स्वास्थ्य शिविरमा महिला, वृद्धवृद्धा सहित सयौंले परीक्षण गराएका छन् । पछिल्लो समय महिलामा पाठेघरसम्बन्धी समस्या बढेको भन्दै त्यसको न्युनिकरण गर्ने उदेश्यका साथ निशुल्क स्वास्थ्य परिक्षण गरिएको अस्प्तालको दावी छ । त्यस्तै शिविरमा दमका रोगीको पनि स्वास्थ्य परिक्षण गरिएको छ ।
Last modified on 2016-04-22 13:30:04
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।