अनि स्वस्थ हुन्छ मिर्गौला
हाम्रो शरीरमा भएका दुईवटा मिर्गौलाको काम शरीरमा भएका हानिकारक विषालु पदार्थलाई छानेर पिसाबमार्फत बाहिर फाल्नु हो । यदि मिर्गौलामा केही समस्या देखिन थाल्यो भने यसको आफ्नो नियमित कार्य राम्रोसँग गर्न पाउँदैन । जसको कारण मिर्गौलामा पत्थरी हुने, मूत्रथैलीको क्यान्सर हुने जस्ता घातक समस्याहरु पनि आउन सक्छन् । मिर्गौलामा देखिने यस्तै खराबीका कारण पछिल्लो समयमा धेरैले ज्यान गुमाइरहेका छन्. । शरीर धेरै सुन्निने, पिसाबबाट सेतो फिँज आउने, पिसाब थोरै आउने, पिसाब धेरै लाग्ने, कोखा सुन्निने, आँखा तिरमिर हुनेजस्ता लक्षण देखियो भने मिर्गौलामा समस्या देखिन सक्छ । त्यस्तै खुट्टा सुन्निने, शरीरमा रगत कम भएर शरीर सेतो हुने, श्वास र्फेन गाह्रो हुने, छाती दुख्नेजस्ता लक्षण पनि देखिन सक्छन् । मिर्गौलामा देखिने समस्या र समाधानका उपायबारे मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह यसो भन्छिन् :
- शरीरको कुनै पनि भाग दुख्दा जथाभावी दुखाइ कम गर्ने औषधि खाने व्यक्तिलाई मिर्गौलाको समस्या देखिन सक्छ । आयुुर्वेदिक औषधि पनि विज्ञको सल्लाहमा मात्र सेवन गर्नपर्छ । ड्राईफुड, जंकफुड, तारेको खानेकुरा, डिप फ्राइड परिकारले पनि मिर्गौलामा खराबी गर्छ । नियमित शारीरिक परीक्षण र नियमित शारीरिक व्यायामले मिर्गौला स्वस्थ राख्न सहयोग गर्छ । त्यस्तै, जीवनशैली परिवर्तन गरेर खाने परिकारमा पनि ध्यान दिनुपर्छ ।
- पानी कम खाँदा पनि मिर्गौलामा खराबी हुन्छ । कतिपयको पिसाब रोकेर राख्ने बानी हुन्छ । यस्तो बानीले पनि मिर्गौलामा इन्फेक्सन हुन सक्छ । शरीरलाई पानीको कमी महसुस नहुने गरी पानी पिउनुपर्छ ।
- मिर्गौलामा समस्या आउन नदिन रक्तचाप र मधुमेह नियन्त्रणमा राख्नुपर्छ । ४० वर्ष उमेर पार गरेका तथा मधुमेह र उच्च रक्तचाप भएको व्यक्तिमा मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले ६ महिनामा एकपटक वा कम्तीमा वर्षको एकपटक मिर्गौला परीक्षण गराउनुपर्छ । धूम्रपान, मध्यपान गर्नेमा पनि मिर्गौलामा समस्या देखिन सक्छ । त्यसैले खानेकुरा र जीवनशैलीमा ध्यान दिनुपर्छ ।
नयाँ पत्रिका दैनिकबाट
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>