यसरी बच्न सक्नुहुन्छ कम्मरको दुखाईबाट
कम्मर दुख्ने समस्या आजभोली सामान्य भइसकेको छ । यसको प्रमुख कारण भनेको कामको समयमा लामो समय एकै ठाउँमा बस्नु हो । गह्रौँ बस्तु उठाउनाले कम्मरको तल्लो भागमा रहेको डिस्क घोटिएर पनि दुखाई हुने गर्दछ ।
धेरै जसो मानिसहरु कम्मरको दुखाईबाट छुटकारा पाउन पेन किलर खाने गर्दछन् । पेन किलरले क्षणिक दुखाई कम गरेपनि दिर्घकालिन समाधान भने हुन सक्दैन । यहाँ केही टिप्सहरु दिईएको छ जुन तपाईँलाई सहयोगी हुनसक्दछ ।
- कम्प्यूटरको अगाडी लामो समयसम्म नबस्नुहोस् ।
- हरेक घण्टा आफू बस्ने कुसीबाट उठ्नुहोस् र पाँच मिनेटको ब्रेक लिनुहोस् ।
- बस्दैगर्दा समयसमयमा आफ्नो बसाईको तरिका परिवपर्तन गर्नुहोस् र थकाई महशुस भएमा उठेर शरिर तन्काउनुहोस् ।
- बस्नका लागि आरामदायी कुर्सीको छनौट गर्नुहोस् ।
- बस्दा तपाईँको घुँडा ९० डिग्रीमा र कम्मर सीधा राख्नुहोस् ।
- खुट्टा खप्टाएर बस्ने बानी हटाउनुहोस् ।
- उठ्ने बेलामा आफ्नो तौललाई सन्तुलनमा राखेर उठ्नुहोस् ।