गर्मीमा हुन सक्छ एलर्जी, यस्ता छन् जोगिने उपाय
काठमाडौँ, ५ वैशाख । जाडो सकेर गर्मी सुरु हुने समयमा धेरैका शरीरमा एलर्जीले सताउने गर्छ । स्वास्थ्य संस्थाहरुमा सिन यस्ता समस्या लिएर आउने बिरामीको संख्या बढी नै हुन्छ । रुखमा नयाँ पालुवा पलाउने तथा पूmल फुल्ने सुक्खा मौसममा हाम्रो शरीर पनि सुक्खा भइरहेको हुन्छ । जसले गर्दा यो मौसममा एलर्जी, छालासम्बन्धी कीटाणुहरु पनि बढी नै सक्रिय हुन्छन् । त्यसैले यो मौसमबाट जोगिन आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ ।
सुक्खा मौसममा छाला जोगाउन हामी विभिन्न क्रिम, साबुन तथा जेल प्रयोग गर्छौँ । यस्तै, हेलचेक्र्याइँपूर्ण कार्यले गर्दा छालालाई असर पर्ने तथा एलर्जी हुने समस्या निम्तिन्छ । गलत औषधिको प्रयोग तथा विभिन्न क्रिम, साबुन, जनावरमा हुने किटाणु, रङ आदिका कारण एलर्जी हुन सक्छ । एलर्जीकै कारण रुघा लाग्ने, हाछ्युँ आउने, शरीरमा डाबर आउने, खोकी लाग्नेजस्ता समस्या आउन सक्छ । सुक्खा मौसममा हुने एलर्जीबाट बच्न अपनाउनुपर्ने सावधानीका बारेमा सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनका सुझाव यस्ता छन् ः
१. यो मौसममा धेरै हावाहुरी चल्ने गर्छ । जसले गर्दा धुवाँ–धुलोमार्फत हाम्रो शरीरको छालामा किटाणु टाँसिन गई शरीरमा एलर्जी हुन सक्छ । त्यसैले एलर्जीजस्ता समस्याबाट जोगिन पहिले धुलो र धुवाँबाट बच्नुपर्छ ।
२. घरबाट बाहिर निस्कदाँ धुवाँ–धुलोबाट जोगिन सम्पूर्ण शरीर ढाकेर हिँड्नुपर्छ । जसले गर्दा शरीरमा किटाणुले सीधै प्रवेश गर्न पाउँदैन ।
३. घरबाहिर गएर आएपछि नुहाउनुपर्छ । साबुनपानीले राम्रोसँग हातखुट्टा धुन बिर्सनु भएन । हातखुट्टा साबुनपानीले धुँदा ८० प्रतिशत किटाणु मर्छन ।
४. यो सुक्खा मौसम भएकाले प्रशस्त पानी पिउनुपर्छ । हावाहुरीले शरीर सुक्खा हुने हुँदा शरीरमा पानीको मात्रा पनि कम हुन्छ । पानीको मात्रा शरीरमा कम हुँदा पनि एलर्जी हुन सक्छ । सोही कारण सुक्खा मौसममा प्रशस्त पानी पिउनुपर्छ ।
५. यो मौसममा सरुवारोगका किटाणुहरु बढी नै सक्रिय हुन्छन् । सोही कारण सरुवारोगका बिरामी भएको ठाउँ, अत्यन्तै धुलो उड्ने ठाउँमा विशेष काम परे मात्र जानुपर्छ ।
६. धेरै घाममा नबस्ने, धेरै घाममा बस्दा पनि हाम्रो शरीरमा एलर्जी हुन सक्छ ।
७. एलर्जी भयो भने अत्यधिक चिलाउँछ । छाला रातो हुन्छ । धेरै कन्याउँदा छालासम्बन्धी अन्य रोग पनि लाग्न सक्छ । त्यसैले चिकित्सकलाई देखाएर उपचार गर्नुपर्छ र
(आजको नयाँ पत्रिका दैनिकबाट)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>