सुरुवात मै थाहा पाउँदा निको हुन्छ स्तन क्यान्सर



Download our app to get more features

महिलालाई हुने क्यान्सरमध्ये अधिकांशलाई लाग्ने रोग हो, स्तन क्यान्सर । यही समस्याकै कारण धेरै महिलाले बर्षेनि ज्यन गुमाइरहनुपरेको छ । तर, पहिलो स्टेजमै स्तन क्यान्सर पत्रा लगाउन सकिएमा यो रोग निको पार्न सकिन्छ । क्यान्सर लागेको थाहा नभई हेलचेक्र्याइँ भएमा भने यसले गम्भीर अवस्था पनि ल्याउन सक्छ । मानिसको बदलिँदो जीवशैली, अस्वस्थकर परिकार सेवन तथा जीवनयापनका कारण स्तन क्यान्सरको प्रकोप दिनानुदिन बढिरहेको छ । क्यान्सरका बिरामीमध्ये ९० प्रतिशतमा धूम्रपानकै कारण क्यान्सर लाग्ने गरेको पाइन्छ । स्तन क्यान्सर लागेको कसरी थाहा पाउने र यसबाट बच्न अपनाउनुपर्ने तरिकाका बारेमा भक्तपुर क्यान्सर अस्पतालका क्यान्सररोग विशेषज्ञ डा.राजेन्द्र बरालका सुझाव यस्ता छन् ः

१.उमेर बढी भएपछि विवाह गनेए र बच्चा नजन्माउने महिलामा स्तन क्यान्सरको जोखिम रहन्छ ।

२. शरीरको वजन अत्यधिक वृद्धि हुने महिलामा पनि जोखिम रहन्छ । त्यस्तै, धूम्रपान तथा मद्यपानले पनि स्तन क्यान्सर लाग्न सक्छ ।

३. महिलाले आफ्नो स्तन असामान्य रुपमा परिवर्तन भएमा, स्तनमा गिर्खाहरु देखापरेमा पनि क्यान्सरको सम्भावना देखिन्छ । सोही कारण नियमित रुपमा स्तनको परीक्षण गराउनु जोखिमबाट जोगिने उत्तम उपाय हो ।

४. क्यान्सरको सुरुवाती अवस्थामा हेलचेक्र्याइँ गर्नु हुँदैन । शंका लागेमा स्वास्थ्य परीक्षण गराइहाल्नुपर्छ ।

५. नियमित रुपमा व्यायाम गरे स्तन क्यान्सरबाट बच्न सकिन्छ । सोही कारण फुर्सद नभए पनि समय निकालेर हरेक दिन बिहान करिब आधा घन्टा नियमित व्यायाम गर्नुपर्छ ।

६.बच्चा हुने आमाहरुले नियमित रुपमा बच्चालाई स्तनपान गराउनु स्तन क्यान्सरबाट जोगिने सबैभन्दा उत्तम उपाय हो । यसले बच्चासँगै आमाको स्तनलाई पनि फाइदा हुन्छ । स्तनपानले महिलामा एस्ट्रोजोन हर्मोनको मात्रा कम गर्न मद्दत गर्दछ । जसका कारण स्तनमा क्यान्सर कोषिका विकास हुन पाउँदैन ।

७. स्तनमा गाँठागुठी आउनु, स्तनको टुप्पो रातो हुनु वा त्यसबाट पिपजस्तो पदार्थ बग्नु स्तन क्यान्सरका लक्षण हुन् । त्यस्तै, स्तन सुन्निनु तथा थिच्दा पीडा अनुभव भएमा पनि स्तन क्यान्सर हुने जोखिम रहन्छ ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2017-06-18 13:36:38

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts