गर्भवति महिलाको स्याहार कसरी गर्ने ?



Download our app to get more features

जब एक महिलाको शरीरमा बच्चा बढिरहेको हुन्छ त्यो स्थिति नै गर्भावस्था हो । बच्चा आमाको गर्भमा रहँदा नै बाह्य वातावरणको प्रत्यक्ष्य प्रभाव परीरहेको हुन्छ ।

गर्भावस्थालाई संवेदनशिल अवस्था पनि भनिन्छ । आमाले गर्ने व्यवहारले हुर्कँदै गरेको शिशुलाई प्रत्यक्ष प्रभाव पारीरहेको हुन्छ । गर्भावस्थाको पहिलो तीन महिना गर्भवति महिलाहरुले विशेष रुपमा हेरचाह गर्नुपर्छ । यो समयमा गर्भपतनको सम्भावना अधिक हुने हुँदा गर्भावति महिलाले धेरै आराम गर्नुपर्छ ।

स्त्री रोग विशेषज्ञ डा.सानुमाया श्रेष्ठका अनुसार गर्भधारण अघिदेखि नै आमाले फेलिकएसिड भिटामिन खान सुरु गर्नु पर्छ । यसले फेलिकएसिडको कमिबाट हुने एनिमिया, बच्चाको नशामा हुने विकासजस्ता समस्याबाट बच्चालाई जोगाउन मद्दत गर्छ । फेलिकएसिडको प्रयोग गर्भवति महिलाले गर्भधारण पूर्व र गर्भधारणपछि तीन महिनासम्म अनिवार्य खानु पर्ने हुन्छ ।

ध्यान दिनुपर्ने कुराहरु

परीवारले गर्भवति महिलालाई आत्माविश्वास बढाउन उत्प्रेरण गर्ने

गर्भवति महिलालाई घरमा एक्लै नछाड्ने ।

गर्भवति महिलालाई स्वस्थ्य जाँच र खोपहरुबारे परिवार सचेत रहने ।

पोसिलो आहारका साथै प्रयाप्त आरामको वातावरण सिर्जना गर्ने ।

यो समयमा महिलाहरुको शरीरमा धेरै परिवर्तन हुने हुँदा गर्भवति महिलाहरुको लागि कठिन हुन्छ । पेटमा बच्चा चले नचलेको र आफ्नो शरीरमा आएको परीवर्तनबारे गर्भवति महिला आफैमा सचेत हुनु जरुरी हुन्छ । यो समयमा गर्भवति महिलाहरुले नियमित व्यायाम गर्नुपर्छ । नियमित व्यायामले गर्भपात हुने समस्यालाई केही हदसम्म कम गर्छ । गर्भावस्थामा बढ्ने तौललाई पनि व्यायामले केही हदसम्म कम गर्न सकिने विज्ञहरुको भनाइ छ ।

गर्भावस्थमा महिलाहरुले खानपानमा विशेष ध्यान दिने र स्वस्थ बानीलाई अपनाउनुपर्छ । आमाले खाएको खानाने कुरा बच्चाले प्राप्त गर्ने भएकाले सहि पोषक तत्व उचित मात्रामा लिनुपर्छ ।

गर्भवति महिला मद्यपान, धुम्रमानबाट सधै टाढा रहनु पर्छ । साथै चिकित्सकको सल्लाह बिना जथाभावी औषधिको प्रयोग गर्ने बानी हानिकारक हुने डा.श्रेष्ठको भनाइ छ । गर्भावस्थामा रगत बग्ने ,उच्च तथा न्यून ब्लडपे्रसरको समस्या देखा परे तत्कालै चिकित्सकलाई भेट्नुपर्ने डा. श्रेष्ठ बताउँछिन् ।

 

Last modified on 2016-04-21 19:00:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts