आइरनको कमीले रेस्टलेस सिन्ड्रोम
बेडमा सुत्दा या कुर्सीमा आराम गरिरहँदा कहिलेकाहीँ स्वचालित खुट्टा हल्लिन्छ । आफैँलाई थाहा नभई यसरी खुट्टा हल्लिो लक्षण रेस्टलेस सिन्ड्रोम हुन सक्ने एक अनुसन्धानले देखाएको छ । यस्तो लक्षण ३५ वर्ष उमेर कटेकाहरुमा बढी देखिने पनि सो अनुसन्धानले पत्ता लगाएको छ । हवार्ड मेडिकल स्कुल बोस्टनका प्राफेसर तथा यस अनुसन्धानका प्रमुख डा.डव्लु विंकम्यानका अनुसार करिब १० प्रतिशत मानिसमा यस्तो समस्या देखिएको छ । यस्तो समस्या भएका व्यक्तिले निदाउनुभन्दा अगाडी औसत दुई सयदेखि तीन सयपटकसम्म खुट्टा हल्लाउने गर्छन् । यसको मुख्य कारण भनेको आइरनको कमी हुनु हो । शोधकर्ताहरुका अनुसार निरन्तर खुट्टा हल्लाउने रोगले मुटुसम्बन्धी समस्या पनि निम्त्याउन सक्छ ।
के हो रेस्टलेस सिन्ड्रोम ?
खुट्टा हल्लाएको व्यक्तिले डोपमाइन हर्मोनका कारण यस्तो काम निरन्तर गरिरहन मन लाग्छ । यसलाई स्लिप डिसअर्डर पनि भन्न सकिन्छ । यो नसासँग सम्बन्धीत रोग हो । जसले गर्दा निद्रा पूरा नहुने र थकान अनुभव गरिरहने हुन्छ । यही लक्षणका आधारमा रक्तपरीक्षण गर्न सकिन्छ । निद्रा नलाग्ने समस्या बढ्दा पिएसजी (पोलिसोमनोग्राफी) गरेर पुष्टि गर्न सकिन्छ । यसले निद्रा नलाग्नुको वास्तविक कारण पत्ता लाग्छ । यस्तो भएमा खुट्टा झमझम हुने तथा कमिला हिँडेको जस्तो अनुभव गर्ने हुन्छ । त्यस्तै दिउँसोको समयमा बसेको बेलामा र राति सुत्ने समयमा खुट्टा हल्लाउने, खुट्टा मालिस गराउने इच्छा हुने तथा थकावट अनुभव हुने हुन्छ ।
कारण र समाधा
यो रोग आइरनको कमीका कारण लाग्ने हुन्छ । यसका साथै किड्नी, पार्किन्सन्सका समस्या भएका तथा गर्भवतीहरुमा डेलिभरीका अन्तिम दिनहरुमा हर्मोनमा परिवर्तन हुन सक्छ । त्यस्तै, अत्यधिक अल्कोहल सेवन तथा कुनै विशेष औषधिको प्रयोगले पनि यसको खतरा हुन सक्छ । सुगर, उच्चरक्तचाप तथा मुटु सम्बन्धी रोगीहरुले विशेष सावधानी अपनाउनुपर्छ ।
यसको उपचार सुरुमा आइरन सेवन गर्नु नै हो । हो बिरामीको अवस्था जटिल हुँदै गएमा भने अन्य औषधि सुत्नुभन्दा दुई घन्टाअगावै दिनुपर्छ । अनिद्रालाई हटाएर नै यसको समाधान गर्न सकिन्छ । हट एन्ड कोल्ड बाथ, भाइब्रेटिङ प्याड खुट्टामा राख्नाले पनि राहत अनुभव गर्न सकिन्छ ।
राति सुत्नुभन्दा अगाडी बेडमा पल्टिएर खुट्टा हल्लाउनु ठीक होइन । यसरी खुट्टा हल्लाउँदा व्यक्तिमा नकारात्मक उर्जा हावी हुन्छ । जसले गर्दा आफ्नो काममा निराश हुने, सन्तुष्ट नहुने जस्ता समस्या निम्तिन्छ । आफ्नो काममा रमाउने तथा सकारात्मक विचार गर्ने बानीको विकास गर्नुपर्छ । जो व्यक्ति अति चिन्तामा हुन्छ, उसको खुट्टा हल्लाउने बानी हुन्छ । अधिकांश व्यक्ति, जसलाई घर परिवारको चिन्ताले बढी सताउँछ, उसले खुट्टा हल्लाउने गर्छ । त्यसैले यस्ता चिन्ता कम गर्दै लानुपर्छ ।
(आजको नयाँ पत्रिका दैनिकबाट)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>