अस्पताल पुग्नेहरूमध्ये १० प्रतिशत छाला रोगी
            काठमाडौँ, २० चैत । मुृलुकमा उपचारका लागि अस्पतालको बहिरंग सेवामा जाने कुल विरामीमध्ये दश प्रतिशतभन्दा बढी छाला रोगको उपचारका लागि जाने गरेको पाइएको छ ।
नेपाल चर्म, यौन तथा कुष्ठ रोग समाजले शनिवार मुलुकमा पहिलोपटक र्यालीलगायत विभिन्न कार्यक्रमसहित ‘विश्व छाला स्वास्थ्य दिवस’ मनाउने क्रममा त्यो जानकारी दिएको हो ।
मुलुकमा एक्जिमा, डण्डीफोर, डावर, संक्रमण, कालो सेतो दाग, छालाको क्यान्सर, सोराइसिसलगायतका छाला सम्बन्धी समस्या देखिने गरेको छाला स्वास्थ्य दिवसको संयोजक डा.अनिल कुमार दासले औल्याए । उनका अनुसार बस्ने वातावरण, खानपिन, सरसफाइ, धाम, प्रदुषण, प्रयोग गर्ने विभिन्न सामग्रीका कारण मानिसमा छाला रोग लाग्नुको प्रमुख कारण हो ।
विज्ञहरू छालासम्बन्धी समस्याबाट बँच्न व्यक्तिगत मात्र नभई छालाको सरसफाइमा समेत विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउँछन् । उनीहरूले विभिन्न सौन्दर्य सााग्रीहरूको जथाभावी प्रयोग नगर्नसमेत आग्रह गर्छन् ।
विज्ञहरूले स्टेराइड तथा अन्य औषधि आफू खुसी नभई विशेषज्ञको सल्लाहमा मात्र प्रयोग गर्न, घामको नकारात्मक प्रभावबाट बँच्न उचित उपाय अवलम्ब गर्न, छालामा कोठीलगायतका अन्य समस्याले आफ्नो रूप परिवर्तन गरे तुरुन्त चिकित्सकीय सल्लाह लिन सुझाव दिएका छन् ।
(आजको कान्तिपुर दैनिकमा समाचार छ)
                                    
                        
                        
                        
                        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                
                
                
                
                
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>